मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न।।

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत ७ गते बिहिबार १२:४८

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णा्धिन सबै बिकास योजनाहरु समयमा सम्पन्न भए मात्रै नागरिकले लाभ लिन सक्ने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष...

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णा्धिन सबै बिकास योजनाहरु समयमा सम्पन्न भए मात्रै नागरिकले लाभ लिन सक्ने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले योजनाहरुको ढिलाईले नागरिकले प्रतिफल लिन नसकेको हुँदा समयमा नै योजनाहरु सम्पन्न गर्न जोड दिनुभएको हो ।उहाँले सरकारले बजेट विनियोजन गरेका योजना समयमा सम्पन्न नहुँदा विकास निमार्णमा समस्या भएको बताउनुभयो । ‘

विकास निमार्णलाई पहिलो प्रथामिकता राखेर सरकारले साना–ठूला थुप्रै योजनालाई बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, समावेश योजना र बजेटको काम समयमा सुरु नहुने र निमार्णा्धिन योजना पनि समयमा सम्पन्न नहुँदा राष्ट्रलाई ठूलो नोक्सान भएको छ। उहाँले पर्वतको मोदी गाउँपालिकामा पञ्चासे, भमरकोट, हम्पाल लेक लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेकाले ती ठाउँमा पूर्वाधार विकास तथा प्रचार गरी व्यवसायीक रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो

 

मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रबक्ता बिमल लामिछाने, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ्ग लगायतले बोल्नुभएको थियो । मोदी गाउ पालिकाका अध्यक्ष प्रेम र्शमा पौडेको अध्यक्षतामा भएको कार्यत्तक्रम को सञ्चालन प्रमुख प्रशासकिय अधिकृत कुमान सिहं गुरुङले र्गनु भएको थियो ।।

प्रकाशित मिति २०७५ चैत ७ गते बिहिबार १२:४८
प्रतिक्रिया दिनुहोस