यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म पर्वत जाउ सडक खाना मा रमाउ।

यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म पर्वत जाउ सडक खाना मा रमाउ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत ८ गते शुक्रबार १२:२८

बिगतका बर्षहरु देखि नै सामाजिक काम र्गर्दै आएको पर्वत जेसिसले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न भन्दै प्रथम सडक खाना महोत्सव आयोजना र्गर्नै भएको छ ।नयाँ बर्ष २०७६ को अवसरमा जेसिज पर्वतले...

बिगतका बर्षहरु देखि नै सामाजिक काम र्गर्दै आएको पर्वत जेसिसले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न भन्दै प्रथम सडक खाना महोत्सव आयोजना र्गर्नै भएको छ ।नयाँ बर्ष २०७६ को अवसरमा जेसिज पर्वतले जिल्ला सदरमुकाम कुश्मा बजारमा सडक खाना महोत्सव आयोजना र्गर्नै जेसिसका अध्यक्ष मोहोन आर्चाय ले धौलागिरी मिडियालाई जानाकारी दिनु भएको हो । यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म महोत्सव आयोजना गरिएको आचार्यले बताउनु भएको छ।


महोत्सवमा पर्यटक भित्राउन नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालय, प्रदेश सरकार , उद्योग बाणिज्य महासंघ र जिल्लाका स्थानीय तह संगको सहकार्य गरिने जेसिज पर्वतले जनाएको छ। सडकमा खाउँ र सडकमै रमाउँ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले पर्वतलाई विश्वभर चिनाउने अपेक्षा लिईएको जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले जानकारी दिनुभयो । महोत्सवमा २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य लिइएको छ ।

महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । नेपालकै अग्ला चार वटा पुल, एसियाकै नमूना बञ्जिजम्प, मानव निर्मित यान्त्रिक पुल, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ । जेसिजले यो महोत्सव सफल भएमा बर्षेनी महोत्सव आयोजना गर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रममा जेसिसका अध्यक्ष ठाकुर बि पौडेल ,राजन र्कमचार्य ,शिव र्शमा , निर्मल बिस्वर्कमा लगाएतको उपस्तीति रहेको थियो ।

प्रकाशित मिति २०७५ चैत ८ गते शुक्रबार १२:२८
प्रतिक्रिया दिनुहोस