महेन्द्र जिसि
पर्वत अन्तराष्ट्रिय युवा समन्वय परियोजना जापन द्धारा सञ्चालित परियोजनाको सरसफाई परियोजनाको वार्षिक समीक्षा वैठक गरीएको छ । पर्वत र स्याङजा जिल्लाको संयुक्त बैठक कुश्मामा गरीएको हो । विरुवा गाउँपालिका स्याङजा र मोदी गाउँपालिका पर्वतमा सञ्चालित परियोजनाको अवस्था परियोजना सञ्चालन पछि देखीएको परिवर्तन तथा यसको निरन्तरताको लागि स्थानीय सरकारको प्रतिबद्धता लगायतका बारेमा छलफल गरीएको हो । स्याङजाको विरुवा गाउँ पालिकाका ३५ विद्यालय र पर्वतको मोदी गाउँ पालिकाका २४ विद्यालयमा सञ्चालन रहेको विद्यालयमा गठीत युवा सर्कल मार्फत परियोजना सञ्चालमा रहेको हो ।
परियोजनाका निर्देशक शुदर्सन अधिकारीले सरकारले २०३० सम्म नेपाललाई नै सरसफाई युक्त घोषणा गराउने अभियान अन्तर्गत साजेदारीमा पालिका स्थरबाट परियोजना सञ्चालमा रहेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ । वार्षिक समीक्षा वैठकमा जुनीयर रेडक्रस सोसाईटी नेपाल सभापति सपुत बहादुर कार्कीेले परियोजना युवा पुस्ताहरुलाई नेतृत्व र व्याक्तित्व विकासमा भुमीका खेलेको बताउँदै युवा पुस्ताहरुलाई देश प्रेम र भातृत्वको समेत विकास गराउँदै नेपाल मै स्वरोजगारका अवसरहरु खोज्नु अहीलेको विकल्प रहेको बताउनु भयो । नेपाल संग श्रम सम्झौता गरेका मुलुकहरु अहीले कन्शटर्कसनको फेजमा रहेका कारण नेपालसँग श्रम सम्झौता गरेको भएपनि दृर्घकालीन समाधान नभएको भन्दै सरकारले नेपाली उद्योगहरुको विकास गराउनु पर्ने कार्कीले बताउनु भयो ।

नेपाल रेडक्रस जन प्रतिनिधि , रेडक्रस युवा सर्कल विद्यार्थी शिक्षक नायक तथा जिल्ला सभापति लगायत दुई दर्जन सहभागि रहेको वैठकमा परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारेको बताएका हुन । आनीवानी सहीतको सरसफाई परियोजनाले विद्यार्थी मार्फत समुदायलाई नै खवरदारी गरेर पुर्ण सरसफाईमा अभ्यस्त भएको प्रति नेपाल रेडक्रस सोसाईटीले अनुगमन प्रतिवेदन समेत अनुमोदन गरेको हो । दुई दिन सम्म सञ्चालनमा रहने वैठकमा जुनीयर तथा युवा रेडक्रस सर्कलको निती कार्यप्रणाली लगायतको बारेमा छलफल गरीने भएको हो । वैठकमा स्याङजा र पर्वतमा गरीएका सरसफाईका अभ्यास र त्यसले पारेको प्रभाव आएको परिवर्तन बारे समीक्षा गरीने पर्वत सभापति रुद्रबहादुर रिमालले जानकारी दिनुभयो ।
दुई वर्ष अघि सञ्चालीत परियोजनामा कार्य प्रगती तथा सरसफाई रणनिती बनाइएको हो । मोदी गाउँ पालिका ५ अध्यक्ष दल बहादुर मल्लले रेडक्रसले अबलम्बन गरेका सरसफाई रणनिती पलिका स्तरमा कार्यन्वय गराईने बताउनु भयो । रणनीती अनुसार कानुन बताएर पालिका पुर्ण सरसफाई घोषणाको चरणमा आँफुहरु रहेको मल्लले बताउनु भयो । कार्यक्रममा विद्या ज्योती प्राविका प्रअ रुद्र सुवेदीले परियोजना सञ्चाल पछि विद्यालयमा आएको सरसफाई परिवर्तन र छात्रा महीनाबारीमा विद्यालय उपस्थिती दर बढेको बताउनु भयो । वैठकमा पर्वत कार्यक्रम अधिकृत प्रेम केसी र स्याङजा कार्यक्रम अधिकृत तथा जन प्रतिनिधिहरुले सरसफाईका गरेका अभ्यास प्रस्तुत गरेका थिए।
प्रकाशित मिति २०७५ चैत १२ गते मङ्गलबार १२:१८