अलौकीक छाल, चिसो पानी मथर बहाव भएको कालिगण्डकी नदीमा जाडो मौसम सकिएर गर्मीयाम शुरु र्भसँगै ¥याफ्टिङ गर्ने भीड बढेको छ। वर्खायाममा पानीको वहाव घटेसँगै कालिगण्डकीमा ¥याफ्टिङ गर्ने भीड बढेको हो ।जाडो महिनामा पानी चिसो हुनाले खासै ¥याफ्टिङ चल्दैन । तर, गर्मीयाममा भने ¥याफ्टिङमा आउनेहरुको भिड लाग्ने गरेको छ ।चैत पहिलो हप्तादेखी भने जलयात्रामा दैनिक ७० जनाको हाराहारीमा पर्यटकहरु जलयात्राका लागि आउने गरेको कालीगण्डकी ¥याफ्टिङ क्याम्पसका सञ्चालक होमबहादुर पुनले बताउनुभयो ।
अन्य नदी भन्दा बहाव र छालका कारण पर्यटकहरुले रुचाउने गरेको यस क्षेत्रका व्यवसायीहरु बताउँछन । आन्तरिक पर्यटक तथा वाह्य पर्र्र्यटकहरु ¥याफ्टिङमा आएपछि व्यवसायीहरुलाई अहीले भ्याइनभ्याई भएको छ । चैत्र देखी आउँदो जेष्ठ सम्म जलयात्रा गर्नेहरुको भिड लाग्ने गरेको व्यवसायी पुनको भनाई थियो । कालीगण्डकीमा छोटो र लामो दुरीका ¥याफ्टिङ हुने गरेको छ। छोटो दुरीमा मालढुङगा देखि नयाँपुल सम्म ४ किलोमिटरको दुरीमा सञ्चालन हुँदै आएको छ भने लामो दुरीमा स्याङजाको मिर्मी सम्म सञ्चालन हुँदै आएको हो । जलयात्राका व्यवसायी नभएको पर्वतमा पोखरा काठमाण्डौका पर्यटन वयवसायीहरुले कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि पर्यटकहरुलाई लिएर आउने गरेका छन् ।
प्रकाशित मिति २०७५ चैत १७ गते आईतबार ०४:०९