साञ्जेन जलविद्युत सेयरका लागि डिम्याट खोल्न आब्हान

साञ्जेन जलविद्युत सेयरका लागि डिम्याट खोल्न आब्हान

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ पुस ११ गते मङ्गलबार ०५:३६

काठमाडौँ  । तीन करोड ६५ लाख सेयर निष्काशन गर्न लागेको साञ्जेन जलविद्युत आयोजनालेसेयरमा सहभागी हुनका लागि हितग्राही खाता (डिम्याट खाता) खोल्नु सूचना जारी भएको छ । साञ्जेन जलविद्युत आयोजनाको तीन करोड ६५ लाख सेयर निष्काशन गर्ने भएकोले...

काठमाडौँ  । तीन करोड ६५ लाख सेयर निष्काशन गर्न लागेको साञ्जेन जलविद्युत आयोजनालेसेयरमा सहभागी हुनका लागि हितग्राही खाता (डिम्याट खाता) खोल्नु सूचना जारी भएको छ ।

साञ्जेन जलविद्युत आयोजनाको तीन करोड ६५ लाख सेयर निष्काशन गर्ने भएकोले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीले सो सस्थाको सेयरमा सहभागी हुनका लागि हितग्राही खाता (डिम्याट खाता) खोल्नु सूचना जारी भएको छ ।
धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सह निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल, प्रभु क्यापिटल र ग्लोबल आइएमई क्यापिटल रहेको उक्त कम्पनीको सेयर आस्वा मार्फत आवेदन दिने व्यवस्था मिलाइने भएकोले अनिवार्य रुपमा डिम्याट खोल्नुपर्ने भएको छ ।
साञ्जेन जलविद्युतको सेयरमा कर्मचारी सञ्चय कोषका बचत कर्ता, कम्पनीका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गरिने भएको छ । साञ्जेन जलविद्युतको सेयर दोस्रो चरणमा आयोजना प्रभावितका लागि सेयर निष्काशन हुने तथा अन्तिममा सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने नीति सो कम्पनीले लिएको छ ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमास भित्रमा नै साञ्जेन जलविद्युतकाको ८७ करोड ६० लाख रुपियाँ बराबरको ८७ लाख ६० हजार कित्ता सेयर सञ्चय कोषका बचतकर्ता तथा कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरिने भएको छ ।
साञ्जेन जलविद्युतको सेयरका लागि आवेदन दिन योग्य कर्मचारीको परिभाषमा संस्थापक कर्मचारीतर्फ नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवाका तत्कालीन जिविस र गाउँ विकास समितिका कर्मचारीहरु पर्ने तथा ऋणदाता संस्थाका कर्मचारीको हकमा भने कर्मचारी सञ्चय कोषका कर्मचारी पर्ने भएका छन् ।
कर्मचारीहरुलाई पहिलो चरणमा २४ प्रतिशत साधारण सेयर निष्काशन गरिने त्यस पश्चात् दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर निष्काशन गरिने जनाइएको छ ।
सर्वसाधारणका लागि साञ्जेन जलविद्युतको १५ प्रतिशत सेयर निष्काशन हन भने केही समय लाग्ने देखिएको छ ।
कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता लगायतका कर्मचारीलाई वितरण गरि सकिएको माथिल्लो तामाकोशी जलविद्युतको स्थानीयका लागि तथा सर्वसाधारणका लागि सेयर जारी हुन अझै नसकेको अवस्था हेर्दा साञ्जेन जलविद्युतको पनि सर्वसाधारणका लागि सेयर आउन भने अझै लामो समय कुर्नुपर्ने देखिएको छ ।
पहिलो चरणमा कर्मचारी तथा ऋणदाताका लागि छुट्टाइएको २४ प्रतिशत सेयरमध्ये सञ्चय कोषका सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि एक प्रतिशत सेयर व्यवस्था गरिएको छ ।
रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण लागत करिब सात अर्ब ६५ करोड रुपियाँ अनुमान गरिएको छ जसमा चिलिमे जलविद्युत कम्पनीको ३८ प्रतिशत, विद्युत प्राधिकरणको १० प्रतिशत तथा जिविस रसुवा र चिलिमे गाविसको तीन प्रतिशत लगानी छ ।

प्रकाशित मिति २०७४ पुस ११ गते मङ्गलबार ०५:३६
प्रतिक्रिया दिनुहोस