यातायात कार्यालय,सुकेधाराका हाकिम घुष प्रकरणमा अख्तियारद्वारा पक्राउ

यातायात कार्यालय,सुकेधाराका हाकिम घुष प्रकरणमा अख्तियारद्वारा पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ पुस १४ गते शुक्रबार १२:५३

१३ पुस, काठमाडौं । काठमाडौंको सेवा केन्दहरु मध्ये यातायात व्यवस्था कार्यालय, सुकेधाराका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई छानविनका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अहिले नक्कली...

१३ पुस, काठमाडौं । काठमाडौंको सेवा केन्दहरु मध्ये यातायात व्यवस्था कार्यालय, सुकेधाराका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई छानविनका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अहिले नक्कली कागजात तयार गरी विदेश जाने र विदेश बाट नेपाल आएकाहरुको लाईसेन्स लाई ट्रान्सलेट गरी घुस लिई बनाईदिने गिरोहहरु यातायात सेवा केन्द्र र कार्यालयहरुमा सकृय हुदैआएको थियो, साउदी अरेवियन सवारी चालक अनुमतिपत्रको आधारमा नेपालीकरण गरी नेपाली सवारी चालक अनुमतिपत्र बनाईदिने गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि लाइसेन्स नेपालीकरण गर्ने नाममा फर्जी कागजात तयार गरी ८० हजार रुपैयाँसम्म घुस लिएर लाइसेन्स बेचेको आरोप लागेको छ ।

यो प्रकरण सार्वजनिक भएपछि उनीहरुलाई यातायात व्यवस्था विभागले कारबाहीस्वरुप बुधबार मात्रै कार्यालयबाट विभागमा तानेको थियो । लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुले अनियमित रुपमा काम गरेको ठहर गर्दै अख्तियारलाई थप अनुसन्धान गर्न पत्र लेखेको थियो ।

अहिले सोही आधारमा अख्तियारको टोलीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति २०७४ पुस १४ गते शुक्रबार १२:५३
प्रतिक्रिया दिनुहोस