
२९ चैत्र
नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकास शर्माले नेपाली कांग्रेस इतिहास र बर्तमानको बाघ भएको बताउनु भएको छ । शुक्रबार कूश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा देव नारायण अक्षयकोषको पुस्कार बितरण कार्यक्रममा सम्बोधन र्गर्दै शर्माले नेपाली कांग्रेसलाइ नजिस्क्याउन सरकारलाइ चेतावनी दिनु भएको हो । ‘
नेपाली कांग्रेस इतिहासमा राणा शासन, पञ्चायत लाइ जित्दै तत्कालिन माओबादिको आन्दोलनलाइ नियन्त्रण गर्दै शान्ति प्रक्रियामा ल्याएको पार्टी हो । प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई बुढो भैसी, गैडा, बार्ह्िसंगे जस्ता उपनाम दिदै गर्दा कांग्रेस बाघ भएको बिर्सिनुभएछ । सुतेको बाघलाइ नउठाउनु होस् ।’
दुइ तिहाई हुदैमा कांग्रेसको इतिहासलाई बेवास्ता नगर्न उनले सरकारलाई चुनौती दिनु भएको हो । उत्त कार्यक्रममा बिभिन्न ब्यक्ति हरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको हो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले हिजो जे जति विकास भए नेपाली कांग्रेसको पालामा भएको वताउदै अहिलेको सरकारले एउटा निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाउनू भयो । विजूली,खानेपानी र संचार नेपाली कांग्रेसको पालमा भएको विकास हो त्यो कूरा सवै जनताले महसूस गरेका छन् । अहिलेको सरकारले झूटो सपना वाडेर भोट लिए पनि व्यहारमा उतार्न नसकेको वताउनू भयो ।
यसै गरि संघिय संसदका सदस्य लालकाजी गूरुङ ,नेपाली कांग्रेुसका पार्टी सभापती खिम प्रसाद भूषाल,पूर्व पाटी सभापती नवराज गूरुड,प्रदेश सांसद ललितकला गूरुड,कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी,पार्टी सचिव विश्व प्रकास प्रसाई,महासमिति सदस्य वसन्त वहादुर सि के,महाधिवेशन प्रतिनिधि राजेन्द्र तिवारी, नेकपा पर्वतका संयोजक भक्त कूवर,नेकपा अनूशान समितिका सदस्य गणेश पौडेल,नेपाली कांग्रेसका नेता रामशर्मा पौडेल,वडा नं. ३ का पार्टी सभापती वालकृष्ण पौडेल लगायतले शूभकामना मन्तव्य राख्नू भएको थियो । कार्यक्रममा बिभिन्न सास्कृतिक कायृक्रम पनि भएका थिए ,
प्रकाशित मिति २०७५ चैत २९ गते शुक्रबार ०५:३९