अब मात्र ४ दिन बाकी गुप्तेश्वर विराट कोटीहोमको सवैजसो तयारी पुरा..

अब मात्र ४ दिन बाकी गुप्तेश्वर विराट कोटीहोमको सवैजसो तयारी पुरा..

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ बैशाख २८ गते शनिवार ०३:३७

  गुप्तेश्वर विराट कोटीहोमको सवैजसो तयारी पुरा भएको छ। आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ शुरु हुन अब मात्र ४ दिन मात्र बाकि छ। शिव पार्वतको...

 

गुप्तेश्वर विराट कोटीहोमको सवैजसो तयारी पुरा भएको छ। आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ शुरु हुन अब मात्र ४ दिन मात्र बाकि छ। शिव पार्वतको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्नका लागी १ सय ११ जनाले फारम भरि सकेको र केहि रकम वैक जम्मा समेत भएको आयोजकले जनाएको छ ।

१ सय ५१ जना संस्थापक वनाउने योजना अनूरुप अन्य सदस्यहरुले भरेका फारामहरु सचिवालयमा प्राप्त हुन वांकी रहेका छन् । विषेश गरि पर्वत जिल्लाको ७ वटै स्थानिय तहका श्रद्धालू भक्तजनहरुको उत्साह र चासो देखिएकाले यो महायज्ञ सफलहूने मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो ।

पार्वतीको जन्मभूमी पाङ्ग र यस संग अवस्थित सवैभन्दा लामो गूप्तेश्रर गुफाको प्रचार प्रसार र विश्वकै अग्लो शिव पार्वतीको मुर्ति स्थापन,धर्मशाला र सिस महल निर्माणका लागी यस महायज्ञ सफलहूने वताउनु भएको छ ।पर्वत जिल्लालाई नेपालकै धार्मिक पर्यटन संग जोड्नका लागी यस महायज्ञको मूल उद्धेश्य रहेको छ ।

 

 

नगरपालिका वडा नं. ५ का विभिन्न महिला समूहका सदस्यहरु उपस्थित भई यज्ञस्थलको तयारीका लागी जनश्रम गरेका छन् ।अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन लागिएको हो । देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ ।

अहिलेसम्म शिव या पार्वतीको मुर्तिमात्र छुट्टाछुट्टै बनाईरहेका बेला पर्वतमा पहिलोपटक संयुक्त मुर्ति स्थापना गरिने भएको संयोजक शर्माले बताए । एघार दिनसम्म संचालन हुने महायज्ञबाट रु १० करोड भन्दा बढि संकलन गर्ने लक्ष्य राखिएको छ ।महायज्ञमा ५ हजार १ सय भन्दा वढी व्यक्तिद्वारा तुलादान तथा रु १ करोड अग्नी हुमन सञ्चालन हुनेछ । नेपालमा कमै मात्रामा हुने कोटीहोम सहितको तुलादानमा जुनसुकै जातजाती र धर्म सम्प्रदायका व्यक्तिहरुले तुलादान गर्न पाउने भएका छन् । आर्थिक रुपमा सक्षम व्यक्तिले पैसा तिरेर तथा विपन्न र असहाय व्यक्तिहरुले निःशुल्क तुलादान गर्न पाउने बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०७६ बैशाख २८ गते शनिवार ०३:३७
प्रतिक्रिया दिनुहोस