पर्वतको मोदी गाँउ पालिकामा ३ दिने पालिका स्तरीय बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।तालिम मोदि गाँउपालिका को कार्यालय पशु सेवा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।यहि बैशाख २९ गते बाट सुरु भएको ३ दिने तालिम ३१ गते सम्पन्न भएको हो ।तालिममा बाख्राका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन तथा बाख्रामा लाग्ने प्रमुख रोगका बारेमा जानकारी गराइएको थियो ।

तालिममा बाख्रा पालन गर्दै आएका र बाख्रा पाल्न ईच्छुक महिला पुरुषको सहभागीता थियो ।तालिमको समापन गर्दै मोदि गाउँपालिका पशु शेवा शाखाका प्रमुख बिमल पौडेलले गरिबी हटाउन र जीवनस्तर माथी उठाउन बाख्रा पालनले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो।आफ्नो उद्देश्य व्यवसायीक रुपमै बाख्रा पालन गर्ने किसान उत्पादन गर्ने भएको बताउँदै उहाँले तालिममा सिकेको सिप प्रयोग गरेर नमुना व्यवसायी बन्न आग्रह र्गनु भएको हो ।

मोलि गाँउ पालिकाका पशु सेवा शाखाका पशु प्रमुख बिमल पौैडेल , कार्यक्रम संयोजक मित्रलाल सापकोटा , प्राबिधिक संजिब अधिकारीले तालिमको सहजीकरण र्गनु भएको थियो । मोदी गाँउ पालिकाका ८ वटा वडाका २१ जना ब्यावसाहिक कृषको सहभागिता रहेको थियो ।उत्त कार्यक्रममा बोल्दै वडा सदस्य तथा आर्थिक बिकास समितिका सदस्य इन्द्र प्रसाद उपाध्या ले तालिममा सिकेका कुरा लाई ब्यावसाहिक बन्न आग्रह र्गदै तालिममा सिकेका कुरा लाई ब्यावहारमा लागु र्गन आग्रह र्गनु भएको छ ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक मित्रलाल सापकोटाले यस तालिमले कृषको चाहाना पुरा नहुने हुदाँ आगामि दिनमा पनि यस्ता तालिम को आवस्यक औउलाउदै फेरि पनि यस्ता तालिमको आयोजना र्गर्नै बताउदै यस तालिममा सिकेका कुरा लाई आप्नो ब्यावसायमा लागु र्गनु पर्र्नै बताउदै फरक प्रसंग मा बोल्दै किसानले अनुदान पाउनु ठुलो कुरा नभएर अनुदान माग्न आउनु भन्दा पनि पशुसेवा शाखा ले अनुदाको लागि कृषसंग पुग्नुे गरि काम र्गनु पर्नै बताउनु भएको छ ।

समापन कार्यक्रमा बोल्दै कृषक मानबहादुर अधिकारीले कार्यक्रम प्रभाकारी भएको र आगामि दिनमा यस्तै खालका कार्यक्रमको अपेक्षा रहेको बताउदै यस तालिमा आफुले धेरै कुरा सिकेको र ब्यावाहारमा पनि लागु गराउने बताउनु भएको छ । मोदिगाँउ पालिकाको कार्यायलय पशु सेवा शाखाका प्रमुख बिमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मित्रलाल सापकोटा र संचालन पशुसेवा शाखाका प्राबिधिक संजिव अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति २०७६ जेठ १ गते बुधबार ०७:२४