पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौँका १० जना कृषकहरुको लागि पशु सेवा शाखाको तर्पmबाट आर्थिक सहयोग,गरिएको छ । बनौँका वडाध्यक्ष गौबहादुर पुनले दिनुभएको जानकारी अनुसार गरीब तथा बिपन्न परिवारको आर्थिक उन्नतीको लागि भन्दै बिभिन्न शीर्षकमा ८० हजार रुपैयाँ सहयोग गरिएको हो ।
गरीब र बिपन्न १० परिवारलाई खोर सुधार कार्यक्रम अन्तर्गत प्रति परिवारलाई १५ सय रुपैयाँका दरले १५ हजार, बोका सुधार कार्यक्रम अन्तर्गत एकमुष्ठ १५ हजार र बाख्रापालनको लागि प्रति परिवार ५ हजार रुपैयाँका दरले ५० हजार गरी सहयोग उपलब्ध गराईएको हो ।
बिपन्न अवस्थामा रहेका स्थानीयको आर्थिक सुधार गर्नका लागि यो सहयोग गरिएको र यसले जीवनस्तर सुधार गर्ने अपेक्षा पनि गरिएको वडाध्यक्ष पुनले बताउनुभयो । सहयोग प्राप्त गर्नुभएका कृषकहरुले पनि गाउँपालिकाको पशु सेवा शाखा मार्पmत प्राप्त भएको शीर्षकलाई सदुपयोग गरी बाख्रापालनमा लगानी गर्ने बताउनुभएको छ ।
प्रकाशित मिति २०७६ जेठ ५ गते आईतबार १२:२७