भारतको गुजरातमा भीषण आगलागी, १५ जनाको ज्यान गयो (भिडियोसहित)

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०२:०८

एजेन्सी । भारतको गुजरात राज्यको सुरत सहर स्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा एक्कैपटक आगो उठेको थियो । ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान...

एजेन्सी । भारतको गुजरात राज्यको सुरत सहर स्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा एक्कैपटक आगो उठेको थियो । ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने सबै बालबालिका छन्। भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा अध्ययन गरिरहेकाबला आगलागी भएपछि सबै बालबालिकाले ज्यान बचाउन झ्यालबाट हाम फालेका थिए। स्थानीय प्रहरीलाई उद्धृत गर्दै सार्वजनिक भएका खबर अनुसार १५ जनाको मृत्यु भइसहेको छ। मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०२:०८
प्रतिक्रिया दिनुहोस