पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा देशभरका अदालतमा सार्वजनिक विदा दिइएको छ ।
शनिबार बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकले आइतबार जिल्ला अदालत, उच्च अदालत र सर्वाेच्च अदालत एक दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानन्यायाधीश खत्रीको निधनले न्याय,कानून र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षती भएको जनाएको छ ।
सर्वाेच्च अदालतले एक प्रेस विज्ञप्ती जारी गर्दै खत्रीले न्याय र कानूनको क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ ।
१९९० सालमा ललिपुर जिल्लामा जन्मिएका खत्री कानून मन्त्रायलयका सचिव पदमा कार्यरत हुँदै २०१६ सालमा सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । उनको यहि जेठ ८ गते राती निधन भएको थियो