काठमाडौंमा माइक्रोबसको दबदबा अन्त्य, माइक्रोबस चल्ने

काठमाडौंमा माइक्रोबसको दबदबा अन्त्य, माइक्रोबस चल्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ पुस १९ गते बुधबार ०३:४२

काठमाडौं।तीन वर्षअघिसम्म काठमाडौंका सडकमा माइक्रोबसको दबदबा थियो।१५ सीट भएको माइक्रोबसले व्यवसायीलार्इ फाइदा पुर्यायो तर उपभोक्तालार्इ सास्ती।सडकमा माइक्रोबसको दबदबा भएपनि यात्रुको भने बेहाल भयो। डकमा ट्राफिक जामको समस्या...

काठमाडौं।तीन वर्षअघिसम्म काठमाडौंका सडकमा माइक्रोबसको दबदबा थियो।१५ सीट भएको माइक्रोबसले व्यवसायीलार्इ फाइदा पुर्यायो तर उपभोक्तालार्इ सास्ती।सडकमा माइक्रोबसको दबदबा भएपनि यात्रुको भने बेहाल भयो।
डकमा ट्राफिक जामको समस्या झन् बढ्यो।यो विकराल समस्याबाट विस्तारै काठमाडौंले मुक्ति पाउँदैछ।तीन वर्षको अवधिमा काठमाडौंका सडकमा माइक्रोबस घट्दैछ भने ठूला बसको दबदबा सुरु हुन थालेको छ।सबै रुटमा माइक्रोबस हटेर ठूला बस संचालन हुन थालेका छन्।

तात्कालिन अर्थमन्त्री डा.रामशरण महतले कम्पनी मोडलमा दर्ता भएर ४० सीट भन्दा माथिका गाडी चलाउनेलार्इ ८० प्रतिशत राजस्व छुट दिने नीतिगत निर्णयनै ठूला बस संचालनको बाटो खुल्यो।सामान्य नीतिगत सुधारले ठूलो परिवर्तन ल्याउँछ भन्ने प्रमाणित समेत भयो।काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलार्इ यही नीतिगत परिवर्तनले आमूल परिवर्तन गर्दैछ।

अहिले माइक्रोबस चल्ने धेरै रुटमा ठूला बस संचालन हुन थालेका छन्।अझ ती ठूला बसमा वार्इफार्इ, एलइडी टेलिभिजन,नोटिस बोर्ड लगायतका सुविधा राख्न थालिएको छ।साझा यातायातमार्फत सुरु भएको ठूला बस चलाउने अभियानले अहिले काठमाडौंका सडकमा रंगिविरगी ठूला बस चल्न थालेका छन्।

यातायात व्यवस्था विभागले पहिलो चरणमा सामाखुशी यातायात र ट्याम्पु परिवहन संघसँग ठूला बस चलाउन सम्झौंता समेत गरिसकेको छ।विभागले गोगंबु-लैनचौर-मैतिदेवी-सिनामंगल रुटमा चल्ने माइक्रो र ट्याम्पो हटाएर ठुला १७ बस सञ्चालन गर्न लागेको छ।यो रुटमा करिव ६० वटा माइक्रो बस र ट्याम्पु सञ्चालनमा रहेका छन्। व्यवसायीलार्इ ठूला बस खरिद गर्दा सरकारले १५ प्रतिशत अनुदान र सहुलियत ऋण दिनेछ।

प्रकाशित मिति २०७४ पुस १९ गते बुधबार ०३:४२
प्रतिक्रिया दिनुहोस