स्वयम्भूबाट जुवातास खेल्ने २० पक्राउ

स्वयम्भूबाट जुवातास खेल्ने २० पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०८:५१

  काठमाडौं : काठमाडौं महानगरपालिका १५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ४ घर भएका ४६ वर्षीय आनन्द पौडेललगायत १० जनालाई नगद ४० हजार २४५ रुपैयाँ...

 

काठमाडौं : काठमाडौं महानगरपालिका १५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ४ घर भएका ४६ वर्षीय आनन्द पौडेललगायत १० जनालाई नगद ४० हजार २४५ रुपैयाँ र ३ बुक ताससहित शनिबार प्रहरीले पक्राउ गरेको छ।

 

यसैगरी, सोही महानगरपालिका धिमिलोस्थित राजभाइ कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठलगायत १० जनालाई नगद २७ हजार ८१० रुपैयाँ  र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०८:५१
प्रतिक्रिया दिनुहोस