तँनहु जिल्ला भिमाद नगरपालिका—२, टक्रेभञ्ज्याङस्थित बालबिकास आधारभुत बिद्यालयमा आईतवार सम्पन्न एक दिने निशुल्क स्वास्थ्य परिक्षण एवं औषधि बितरण शिबिरमा १ हजार ६ सय ५० बिरामी लाभान्बित भएका छन् । लायन्स क्लब अफ काठमाण्डौ सामाखुशिको आयोजना, काठमाण्डांै, पोखरा र तनँहुस्थित बिभिन्न २२ वटा लायन्स क्लबहरुको सह–आयोजनामा भएको स्वास्थ्य शिबिरमा बृद्धाबृढा, असहाय र गरिब समुदायका बिरामीहरुको स्वास्थ्य जाँच र औषधी बितरण गरिएबाट उनीहरु लाभान्बित भएका छन् ।
सह–आयोजक क्लबहरुमा लायन्स क्लब अफ काठमाण्डौ शताब्दी, भृकुटी, बिहानी, मिर्मिरे, मिलन, तारेकेश्वर धर्मस्थली, रेसुङ्गा, गुल्मोहोर आर सी, माछापोखरी, चन्द्रागिरी, ग्लोबल टाउन, मिराकल, मनमैजु, साकुरा र समर्पित रहेका थिए भने पोखरास्थित क्लबहरुमा लायन्स क्लब अफ पोखरा पिस सिटी, पिस टाउन, फिस्टेल सिटी, पिस प्याराडाईज, लायन्स क्लब अफ लेखनाथ, लायन्स क्लब अफ तँनहु र तँनहु शुक्ला गण्डकीको सहभागिता जनाएका थिए । आईतबार सम्पन्न शिविरमा सामान्य चिकित्सा (मुटु, मृगौला, फोक्सो, पेट आदि) दन्तरोग, नाक कान घाटी, आँखा, पाठेघर÷स्त्रीरोग, बाल रोग मधुमेह (सुगर) तथा हाडजोर्नीको परिक्षण सेवा सम्बन्धि निशुल्क शिविर गरिएको लायन्स क्लब अफ काठमाण्डौ सामाखुशीका अध्यक्ष हेमराज बरालले जानकारी दिए ।
स्वास्थ्य शिबीरमा डा महेश सिग्देलको नेतृत्वमा २३ जनाको चिकित्सक टोलीबाट शिबीरमा सेबा लिन आउने बिरामीको जाँच गरिएको थियो । शिविरबाट आसपासमा रहेका स्कुलका बिद्यार्थी बाहेक १ हजार ६ सय ५० जना सेवाग्राहीले सेवा लिएका थिए । करीव ५ सय बिद्यार्थीलाई ब्रस र टुथपेष्ट बितरण गरिएको थियो । उक्त शिबीरमा जाँच गराउन आएका मध्ये दाँत र आँखा जाँच गर्ने बिरामीको चाप धेरै रहेको थियो । यी बाहेक ग्यास्टिक, रुघाखोकी, ज्वरो, ढाड कम्मर दुख्ने,े महिनाबारी भएको समयमा रगत बगिरहने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगाएतको समस्या रहेको पाईएको डा महेश सिग्देल बताए ।स्वास्थ्य जाँच गराउन आएकका ८६ बर्षिय खेमराज सिग्देलले यस शिबिरबाट आफनोे रोग पत्ता लागेको बताउदै यस किसिमको शिबीरले गाउ घरमा रहेका बृद्धबृढा, असहाय र गरिब समुदायका बिरामीहरु प्रत्येक्ष लाभान्बित भएको बताए ।
यस अघि कार्यक्रमका प्रमुख अतिथि मल्टीपल डिष्ट्रिक ३२५ नेपालका मल्टीपल काउन्सिल चेयरपर्सन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा र बिद्यालयका प्रधानाध्यापक राम्जी सिग्देललाई कम्प्युटर र साउण्ड सिस्टम हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुर्लाकोटीले सामाजिक सेवाको क्षेत्रमा लायन्सले उल्लेख्य भूमिका निर्वाह गरेको बताउदै लायन्स क्लबले सञ्चालन गरेका आँखा शिविर, स्वास्थ्य शिविरबाट सेवा लिई लाभान्वीत हुन सर्वसाधारणलाई आग्रह गरे ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले लायन्सको माध्यमबाट बिकट गाँउमा आएर मानविय सेवाका कार्यहरु गर्न पाँउदा आफुलाई खुशि लागेको बताए ।
लायन्स क्लब अफ काठमाण्डौ सामाखुशीका अध्यक्ष हेमराज बरालकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर अशोक श्रेष्ठ, द्धित्तिय भाईस डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्साल, डिष्ट्रिक्ट चिफ एड्भाईजर मनबहादुर रोका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, बिद्यालयका प्रधानाध्यापक राम्जी सिग्देल लगायतले लायन्सले समाजमा गरेका उल्लेख्य कार्यहरुले समाजमा पारेको सकरात्मक कार्यहरुको बारेमा आ–आफ्ना भनाई राखेका थिए ।













