आज परेको १२ औँ गणतन्त्र दिवसको अवसरमा पर्वतको मोदी गाउँपालिका ६ तिलाहारको डिमुवामा बृहत निशुल्क स्वास्थ्य शिविर संगै रतmदान कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवसको अबसरमा आयोजित दुई दिने शिबिरमा आज ४० जना ले रक्तदान गरेको संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदि बहिनी का अध्यक्ष कल्लपना चापागाई जानाकारी दिनु भएको छ। रगत नपाएर अकालमा मृत्युको मुख सम्म पुग्न नपरोस भनेर रक्त दान कार्यक्रमको आयोजना गरेको चापागाई को भनाई छ । मोदी गाउँपालिका र रेडियो दिदीबहिनीको संयुक्त आयोजना तथा नेपाली सेना र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा शिविर संचालन गरिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो ।
हिजो र आज गरी दुई दिनसम्म चलेको शिविरमा नेपाली सेनाले चिकित्सक उपलब्ध गराएर सहयोग गरेको थियो भने गुड नेवर्सले स्वास्थ्य जाँचमा सहयोग गरेको हो ।शिविरमा आँखाको सल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको विशेषज्ञ डा. शरिबिक्रम अधिकारी नेतृत्वको टोलीले सल्यक्रिया पनि गरेको छ ।शिविरमा मुटुसम्बन्धि रोगको परीक्षणको लागि कार्डियोलोजिस्ट डा. अनिल भट्टराईको नेतृत्वमा ८ जना चिकित्सहरु, प्रसुती सम्बन्धि रोगहरुको परीक्षणका लागि थापाथली हस्पिटलका काठमाण्डौका निर्देशक तथा प्राध्यापक, कन्सलटेण्ट डा. जागेश्वर गौतम,
पेट तथा कलेजो सम्बन्धि रोगहरुको परीक्षणको लागि बिर हस्पिटल काठमाण्डौका प्राध्यापक डा. बिधाननीधि पौडेल, मानसिक तथा नशा रोगका लागि काठमाण्डौको प्रहरी अस्पताल र नर्भिक अस्पतालका डिआई.जी डा. अजित गुरुङ, मृगौला सम्बन्धि रोगको लागि बिशेषज्ञ डा. सन्तोष गुरुङ, नाक, कान तथा घाँटी रोगका लागि विशेषज्ञ डा. शैलेन्द्र बी पोखरेल, दन्त रोगका लागि विशेषज्ञ डा. सञ्जु पौडेल, हाडजोर्नी तथा नशा रोगको लागि बिशेषज्ञ डा. ईश्वर शर्मा कँडेल नेतृत्वको चिकित्सकहरुको टोलीले जाँच तथा उपचार गर्नुएभएको थियो । शिविरमा ईको, ईसिजी, भिडियो एक्स रे, सुगर जाँच, रगतको समूहको परीक्षण लगायतका सेवाहरु पनि उपलब्ध गराईएको थियो । रेडियोकी अध्यक्ष चापागाईँका अनुसार शिविरको दोस्रो तथा अन्तिम दिन आज रक्तदान पनि गरिएको छ । हिजो पहिलो दिन झण्डै २ हजार जनाको स्वास्थ्य परीक्षण गरिएकोमा आज २५ सयजनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रकाशित मिति २०७६ जेठ १५ गते बुधबार ०१:४३