२ दिने पर्यटन तथा आतिथ्यता व्यवस्थापन तालिम सुरु

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ २१ गते मङ्गलबार ०३:१२

पर्यटन क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने आतिथ्यता व्यवस्थापन तालिम सुरु भएको छ।नारि उत्थान समाज र पैयु गाउँपालिका वडा नं ४ को आयोजना तथा नेपाल पर्यटन वोडको संयोजन तथा नेपाल महिला संजाल पैयु ४ को सहर्काय मा यहि जेठ २१ गते देखि...

पर्यटन क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने आतिथ्यता व्यवस्थापन तालिम सुरु भएको छ।नारि उत्थान समाज र पैयु गाउँपालिका वडा नं ४ को आयोजना तथा नेपाल पर्यटन वोडको संयोजन तथा नेपाल महिला संजाल पैयु ४ को सहर्काय मा यहि जेठ २१ गते देखि जेठ २२ गते सम्म संचालन हुने भएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियोदिदि बहिनीका अध्यक्ष कल्पना चापागाईले यस्ता खालका तालिम लिन जरुरी रहेको र यस तालिममा सिकेका कुरा लाई ब्यावाहारमा लागु गराउन पनि आग्रह र्गनु भएको छ ।

उहाँले तालिम लिनु कुरा ठुलो नभई तालिममा लिएका कुरा ब्यावाहारमा लागु गराउन जरुरी रहेका भन्दै पछिल्लो समयमा पर्यटन क्षेत्र उच्च पा्रथामिक मा परेको बताउदै पर्यटन क्षेत्र बिकासको लागि ब्यवसायको गुणस्तरको ध्यान दिनु पर्नै बताउनु भएको हो । तालिमा पर्वत जिल्लामा पर्यटन कसरी धेरै भित्राउने ,पर्यटन आतित्यथा ,स्वागत ,कसरी स्वादिष्ट खाना दिने, खाना बनाउने तरिका को बारेमा सहजिकरण गर्नै नेपाल पर्यटन वोडका प्रवन्धक सुर्य थपलियाले बताउनु भएको छ ,

 

दुई दिने तालिमा नेपाल पर्र्यटन वोडका प्रवन्धक सुर्य थपलिया ,झक प्रशाद ढकाल कृष्णा भारती ,तोयनाथ ढकाल ले प्रशिक्षण र्गनु हुने छ। पैयु गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला संजालका अध्यक्ष कमला श्रेष्ठको स्वागत तथा सामुदायिक रेडियो दिदि बहिनीका कार्यक्रम संयोजक दुर्गा र्शमा को संचालनरहेको थियो ।तालिम बुधबार सम्म चल्ने छ ।

प्रकाशित मिति २०७६ जेठ २१ गते मङ्गलबार ०३:१२
प्रतिक्रिया दिनुहोस