पर्वतको मोदीगाउँ पालिकाको गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम तर्जुमा सुरु गरेको छ । वडा स्तरबाट योजनाको माग संकलन गरेको हो ।

बस्ती हुदै सबै वडा स्तरमा योजना तर्जुमा गोष्ठि मार्फत माग संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमान सिङ गुरुङले जानकारी दिनुभयो ।संकलित योजना तथा कार्यक्रमको मागको विवरण विषयगत समितिमा छलफल गरेर बजेट बिनियोजनका लागि कार्यपालिका बैठकमा लैजाने प्रक्रिया छ ।
योजना तर्जुमाका लागि राजस्व परामर्श, स्रोत अनुमान तथा सिमा निर्धारण र बजेट तर्जुमा तथा कार्यक्रम अनुमान समितिको बैठक हुदै कार्यपालिकामा लगिने उहाँले बताउनुभयो ।चालू आर्थिक वर्षका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति २०७६ जेठ २१ गते मङ्गलबार ०३:३१