जिल्लाको कुश्मानगरपालिकावडा न ७मा जेष्ठनगारिक स्वास्थ्य परामर्श केन्द्रको भवनको निर्माणकार्य शुरु गरिएको छ । एक कार्यक्रमकावीच परामर्श केन्द्रको संघिय सांसद पदमगिरीले भवनको शिल्यान्यास गरेकाछन । जेष्ठनागरिक मिलन केन्द्रले निर्माणगर्न लागेको उक्तभवनको सांसद गिरीले औपचारिक कार्यक्रमकावीचशिलान्यास गरेकाहुन । भवनको शिलान्यास कार्यक्रममाबोल्दै सांसद गिरीले जेष्ठनगारिकको सम्मानगर्नु राज्यको दायित्वभएको बताए ।

अनुभव, ज्ञान र सीपको भण्डार जेष्ठनागरिकसंग हुने भएकाले उनीहरुको सम्मानगर्दै नयाँपिढिले उनीहरुसंगबाटज्ञानआर्जन गर्नुपर्ने धारणा राखे । विकसितमुलकमा राज्यतहबाट नै जेष्ठनागरिकहरुको पालनपोषणको जिम्मालिने गरेको उदाहरणदिदै सामाजिक सुरक्षाकार्यक्रममार्फत नेपालमापनित्यो कामको शुरुवातभएको उल्लेख गरे ।

सांसद गिरीले संघिय सरकार मार्फत उक्तभवननिर्माणकालागि बजेटको ब्यवस्थापन गरेकाहुन । जेष्ठनागरिकहरुद्धारा गठनभएको मिलन केन्द्रले भवननिर्माणकार्यको पहल गरेको थियो ।मिलन केन्द्रको पहलमा २ करोड २६ लाख रकमविनियोजन गर्दै सांसद गिरीले भवननिर्माणकार्यको शुभारम्भमा सहयोग गरेकाहुन । विनियोजन रकममध्ये कहि रकमकुश्मास्थितबसपार्क ब्यवस्थापनमाखर्च हुने र बाँकी १ करोड ५५ लाखकालागतमाउक्तभवननिर्माणहुने भएको छ । वडाअध्यक्ष सुवास चन्द्र पौडेलले वडाको अग्रसरतामागठनभएको मिलन केन्द्र मार्फत भवननिर्माण शुरु हुनलागेको जानकारी दिए । उनले भवनमादिवा सेवाप्रदानहुनेछ । दिउँसोको समयमाकुश्मानगरक्षेत्रका जेष्ठनागरिकले आश्रय लिन सक्नेछन । उक्तआश्रय स्थलमा स्वास्थ्य परिक्षण र परामर्श सेवा समेत प्रदानहुने वडाअध्यक्षपौडेलको भनाई छ ।
भवनको शिलान्यास कार्यक्रममाकुश्मानगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत हरी पंगेनी, सहयाकप्रमुखजिल्लाअधिकारी छविलाल सुवेदी, वड न ७कावडाअध्यक्ष सुवासचन्द्र पौडेल, जेष्ठनगारिक मञ्चकाजिल्लाअध्यक्षलोकनाथआचार्य लगाएतले मन्तब्यब्यक्त गरेकाथिए । मिलन केन्द्रकाअध्इक्षतिर्थराजशर्माको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालनचिन्तामणीशर्माले गरेकाथिए ।
प्रकाशित मिति २०७६ जेठ २५ गते शनिवार ०६:५८