जिल्ला विपद व्यवस्थापन समिति पर्वतको आज वसेको वैठकले असीना पिडित किसानहरुको ८ करोड क्षती भएको मल्याड्कन गरेको छ । कूश्मा नगरपालिका,फलेवास नगरपालिका र मोदी गाउंपालिकाका वडाहरुमा स्थलगत रुपमा कृषि ज्ञानकेन्द्र पर्वतका प्रतिनधिहरु पूगेर क्षतिको डेटा संकलन गरेका हून ।जिल्ला विपद व्यवस्थापन समितिले रेडियो पर्वतको ३६ लाख आगलागी वाट र ८ करोड असीना पानी वाट क्षेती पूगेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारलाई सहयोग उपलव्ध गराउनका लागी सिफारीस गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेल,जलजला गाउंपालिकाका अध्यक्ष यम वहादूर मल्ल,मोदी गाउंपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेल,प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कूश्मा नगरपालिकाका प्रशासकिय अधिकृत हरी पंगेनी,कृषि ज्ञानकेन्द्रका प्रमूख वासूदेव रेग्मी ,नेकपाका प्रतिनिधि भक्त कूवर,नेपाली कांग्रेसका प्रतिनिधि डा चूडामणी शर्मा,समाजवादी पार्टीका महेन्द्रजंग लामिछाने,सूरक्षा प्रमूखहरु,उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,रेडक्रस सोसाईटी जिल्ला शाखाका अध्यक्ष रुद्र वहादूर रिमाल,लोकतान्त्रिक गैरसरकारी संस्थाका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतले विपद पूर्व र विपद पछि गर्नुपर्ने तयारीको वारेमा छलफल गर्नुभएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा वसेको वैठकले विपद प्रतिकार्य योजना २०७६ लाई संशोधन सहित प्रकाशन गर्ने,सूरक्षा निकाय,सरकारी तथा गैरसरकारी संस्था संगको जनशक्ति र स्टक सामान वारे जानकारी,विगतमा गरेका विपदका सहयोगको अनूमोदन,स्थानिय पालिकामा विपद व्यस्थापन समितिको गठन तथा पूनरगठन लगायतका निर्णय गरेको छ । वैठकको संचालन सहायक प्रमूख जिल्ला अधिकारी अमृत सूवेदीले गर्नुभएको थियो । मध्यपहाडी लोकमार्गको काम दूर्तगतिमा अगाडी वढाउन तथा सडकका खाल्टाखूल्टी सम्माएर सडक फराकिलो वनाउने,कुश्मा वजारको सडक निर्माण कार्य छिटो गर्न ताकेता गर्ने विषयमा समेत छलफल भई निचोड निकालिएको छ । पर्वत जिल्लामा आईपर्ने विपदका लागी सामाना गर्न सरकारी तथा गैरसरकारी निकाय तयारी अवस्थामा रहने वैठकको निश्कर्ष रहेको छ ।
प्रकाशित मिति २०७६ असार ६ गते शुक्रबार ०१:१४