पर्वतमा शनिवार रा शनिवार राति देखि आइतबार बिहान सम्म आएको पानीले पर्वत जिल्लाको जिल्ला समन्वयको भवन भत्काएको छ। जिल्ला समन्वय समिति पर्वतको भवन भत्केको छ । हिजो राती देखि परेको अविरल पानीका कारण उक्त भवन भासीन गई भत्केको हो । जिल्ला प्रशासन कार्यालय,विपद व्यवस्थापन समिति अन्तरगत संचालनमा आएको जिल्ला आपतकलिन कार्य संचालन उक्त भवन भत्किन गएको हो । आज विहान ५ वजेको समयमा उक्त २ वटा भवन भासिएको हो ।शसस्त्र प्रहरीचण्डिका गणमा कार्यरत हवल्दार नरवहादूर भण्डारी सूतिरहेको अस्थामा उक्त भवन भत्कीन गएको हो । भवन वाट धूलोमाटो खस्न गएपछि उनि उठेर हेर्दा भवन चर्किएको र कोल्टेपरेको देखे पछि भवन भासिएको रहेछ भनि तूरुन्तै सूरक्षाकर्मीलाई खवर गरि उक्त स्थानमा रहेका सामानहरु हटाएको वताए ।
उनि ५ मिनेट मात्र ढिला गरि थाहा भए
को भए उनको ज्यान जाने वताए । अहिले उनि सूतेको खाट,कपडा सवै भवन भासिएर छोपेको छ । कम्प्यूटर लगायतका अपिस सामान भने अर्को स्थानमा सार्न भ्याएका छन् ।
जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेल जिल्लाकै कार्यक्रममा हूवास भएकाले प्रतयक्ष निरिक्षण गर्न नसकेको वताउनू भयो । समन्वय समितिको पक्की भवन निर्माणका लागी पहल भईरहेको जानकारी दिनू भयो । तत्कालिन जिल्ला विकास समितिको वचत भएको कोषवाट पनि भवन निर्माणको कार्य शूरु गर्न सकिने वताउनू भयो ।

उक्त भासिएको भवनको निरिक्षण गर्दै कुश्मा नगरका प्रमूख रामचन्द्र जोशीले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने,भासीने गरेकाले त्यसको उचित निकासका लागी व्यवस्था गर्ने वताउनू भयो । जिल्ला विपद व्यवस्थापन समिति मार्फत थप सहयोगका लागी संघिय तथा प्रदेश सरकार संग वजेट माग गरि दिगो व्यवस्थापन गर्ने वताउनू भयो ।
प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले आपतकलिन सेवा पूयाउने कार्यालय नै धरापमा परेकाले सरोकारवाला संग छलफल गरेर तूरुन्तै अगाडी वढ्ने वताउनू भयो ।जिल्ला समन्वय समितिको भवन पटक पटक भासिने गरेको छ । विगतमा पनि अनुसन्धान कार्यालय रहेको भवन भासिदा कम्प्यूटर,टेवूल कूर्चि ने हराएका थिए