पेस्तोल सहित दुई जना पक्राउ

पेस्तोल सहित दुई जना पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असार ९ गते सोमबार ०७:०२

 पेस्तोल सहित दुई जना पक्राउ परेका छन । बेलबारी नगरपालिका ४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने ३४ वर्षीय कन्सा माझी पक्राउ परेका हुन ।उनीहरुको साथबाट लाई पेस्तोल २ थान,...

 पेस्तोल सहित दुई जना पक्राउ परेका छन । बेलबारी नगरपालिका ४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने ३४ वर्षीय कन्सा माझी पक्राउ परेका हुन ।उनीहरुको साथबाट लाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को।१७ प ४५८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त हतियार सहित फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति २०७६ असार ९ गते सोमबार ०७:०२
प्रतिक्रिया दिनुहोस