कृषकहरुलाई निःशुल्क विरुवा वितरण सुरु 

कृषकहरुलाई निःशुल्क विरुवा वितरण सुरु 

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असार २३ गते सोमबार ०३:२५

म्याग्दीका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । बेनीमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्र्तगत रहेको समन्वय इकाईले विभिन्न प्रजातिका ४० हजार विरुवा वितरण थालेको हो । कार्यालयले आफ्नै नर्सरीमा उत्पादन...

म्याग्दीका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । बेनीमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्र्तगत रहेको समन्वय इकाईले विभिन्न प्रजातिका ४० हजार विरुवा वितरण थालेको हो ।

कार्यालयले आफ्नै नर्सरीमा उत्पादन गरेका घाँस लगायतका विरुवा कृषकहरुको मागको आधारमा वितरण थालिएको कार्यालयका सहायक भुसंरक्षण अधिकृत सम्भु कुमार मिश्रले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार, धेरै मात्रामा विरुवा माग गर्ने कृषकहरुलाई सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ भने थोरै मात्रामा विरुवा लैजानेलाई सहज रुपमा वितरण गरिएको छ ।

 

कार्यालयले रायखन्यु, किम्बु काफल, इपिलइपिल लगायतका डाले घाँस सहित सिसौ, सल्ला लगायतका रुखहरुको विरुवा समेत वितरण गरेको अधिकृत मिश्रले बताउनुभयो । कार्यालयले बेनी नगरपालिकाको मागको आधारमा थप १५ हजार विरुवा समेत उत्पादन गरेको जनाएको छ ।

प्रकाशित मिति २०७६ असार २३ गते सोमबार ०३:२५
प्रतिक्रिया दिनुहोस