नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई SUISSE 1 KILO FINEGOLD 999.9 C253774 लेखिएको विस्कुट आकारको नक्कली सुन १ थानसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्ने चितवन भरतपुर महानगरपालिका ८ की ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौं महानगरपालिका ३० ठेगाना भएकी ३४ वर्षीया सस्मिता आचार्य, काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बालचोक गाउँपालिकाका १ घर भएका २२ वर्षीय उमेश सुनार, भक्तपुर कौशलटार बस्ने सुनसरी इनरुवा नगरपालिका ७ घर भएका ३४ वर्षीय जीवन धामी चौधरी र काठमाडौं गंगबु बस्ने गोरखा चमनुब्री गाउँपालिका ६ घर भएकी ६५ वर्षीया जाम्मु लामा रहेका छन्।
विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका १६ बौद्ध पिपलबोटस्थित एमएस ज्वेलर्समा राखिरहेको अवस्थामा उक्त नक्कली सुन फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति २०७६ असार २३ गते सोमबार ०३:४४