भदौ ५ बाट म्याग्दी जाने बाटो दैनिक ८ घण्टा बन्द हुने ,

भदौ ५ बाट म्याग्दी जाने बाटो दैनिक ८ घण्टा बन्द हुने ,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ भदौ ५ गते बिहिबार ०७:५९

  भदौ ५ गते बाट म्याग्दी र लाई राजमार्ग संग जोडने मालढुंगा बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे...

 

भदौ ५ गते बाट म्याग्दी र लाई राजमार्ग संग जोडने मालढुंगा बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।कुस्मा नगरपालिका १ पाङ अदुवाबारी देखि बालुङ्ग नगरपालिकाको बाङ्गेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको हो ।जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्बपक्षिय बैठकले कालीगण्डकी नदीमाथि निर्माण भैरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जगएङ्गकर ब्लक निर्माण गर्नुपर्ने हुँदा मालढुंगा बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको प्रशासने जानकारी दिएको छ ।

कार्यालयका अनुसार भदौ ५ गते बिहीबारदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । निर्माण ब्यबसायीले सडकमा संभावित जोखिम न्युनीकरण गर्न बन्द गर्नुपर्ने माग गरेपछि सर्बपक्षिय बैठकबाट सडक बन्द गर्ने निर्णय भएको हो प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भन्नुभयो काम नसकिएको अबस्थामा तीज लगायतका पर्व पछि पजि सडक बन्द हुनेछ ।

 

’दैनिक ८ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना र हल्का सवारी साधनहरु पर्वतको सहस्रधाराबाट पाङ्ग हुँदै दमुवाखोला सम्मको बैकल्पिक सडक समेत प्रयोग गर्न सकिने छ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठुला सवारी साधनहरु चल्न सक्दैनन ।

प्रकाशित मिति २०७६ भदौ ५ गते बिहिबार ०७:५९
प्रतिक्रिया दिनुहोस