इकोनोमिक खबर डट कम । ग्लोबल आइएमई बैंकले आइतवारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्र्पक कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय विस्तार गरेको जनाएको छ ।
संयुक्त अधिराज्य बेलायतको एल्डरसर्टस्थित सम्र्पक कार्यालयको नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जिवी नेपालले उद्घाटन गर्नुभयो ।
सम्र्पक कार्यालय उद्घाटन गर्दे गर्भनर नेपालले नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले पहिलो पटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई दिनुभयो ।
संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले बैंकले देशभित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंसा गर्दै बैंकको प्रगतिको कामना गर्नुभयो ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्र्पक÷प्रतिनिधि कार्यालय विस्तारमा सहयोग पु¥याउने सम्पूर्ण निकायहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्नुभयो ।
बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक÷प्रतिनिधी कार्यालय खोलेपछि सो कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु बीच व्यापारिक एवं लगानी सम्बन्धी प्रवद्र्घनात्मक कार्यमा समेत सघाउने जनाएको छ ।
बैंकले यसअघि अस्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पक÷प्रतिनिधी कार्यालय खोलिसकेको छ ।
प्रकाशित मिति २०७४ माघ ९ गते मङ्गलबार ०७:३५