संस्कृतीको सवैले संरक्षण गर्नु पर्नै मन्त्री पुनको भनाई ।

संस्कृतीको सवैले संरक्षण गर्नु पर्नै मन्त्री पुनको भनाई ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ भदौ १२ गते बिहिबार ०८:००

  तिजको सुभकामना आदान प्रदान गर्दै महिला दिदि बहिनीलाई पर्वत उद्योग बाणिज्य संघ महिला उद्यम समिति पर्वतले दरखाने कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबि पुन ले पहिले...

 

तिजको सुभकामना आदान प्रदान गर्दै महिला दिदि बहिनीलाई पर्वत उद्योग बाणिज्य संघ महिला उद्यम समिति पर्वतले दरखाने कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबि पुन ले पहिले जस्तो तिज पर्व पछिल्लो समय हराउदै गएको भन्दै चिन्ता ब्यतm र्गनु भएको छ ।

 

बर्ष दिनको एक दिन आउने महिलाहरुको बिषेश चाड को सुभकामना दिदै तिज लाई नारीहरुको महान चाड भएको हुदाँ यस चाडको हामि सबै मिलेर संरक्षण मा चासो दिनु पर्नै बताउनु भएको छ। पुन ले पछिल्लो समयाम तडक भडक बढि हुने हुदाँ चाड पर्व मा तडक भडक नगरी चाड पर्वको महोत्व बुझेर यसलाई जर्गैना र्गनु पर्नै बताउन भएको छ ।

यता सबै यकै ठाँउमा बसेर सुभकामना आदान प्रदान गर्दौ दिदि बहिनी यकै ठाउँमा जम्मा हुने र दुख सुख साटासाट गरेर तडक भडक नभई समान कार्यक्रम हुने हुदाँ पनि कार्यक्रम गरिएको महिला संघ का अध्यक्ष माया गिरि ले बताउनु भएको छ

उक्त कार्यक्रमा प्रदेश सभा सदस्य जुनादेवी नेपाली जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा अनेमसंघकी जिल्ला अध्यक्ष कमला पन्त, नेपाल महिला संघकी सचिब मुना शर्मा लामिछाने लगायतले बोलेका थिए ।

दरखाने तथा सुभकामना आदन प्रदान कार्यक्रमा बिभिन्न बिधामा रहेर सफल उद्यमी , सफल कृषक , लगाएतलाई पनि सम्मान गरेको सचिब अम्बिका शर्माले जानाकारी धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ ।

कार्यक्रममा जलजलाबाट भैसी पालन व्यावसाय गर्दै आएकी लक्ष्मी केसी, मोदी गाउँपालिकाकी सिलाईकटाई व्यावसायी कुमारी पुन, ढाका उद्यमी मनकुमारी थेवे र कृषि तफ शान्ति कुमारीशर्मा कुमाल, व्यूटिसियन तर्फ पुर्णमाया क्षेत्री, रेखा कँडेल अल्लो उद्यमी खिममाया खोर्जा पुन र झोला उद्यमी देउकुमारी सुनार लाई खाँदा, सम्मान पत्र र नगदले सम्मान गरिएको शर्माको भनाई छ ।

कार्यक्रममा कलाकार कृष्ण अखेली कलाकार सरस्वती लामिछाने र सुदिप क्षेत्रीको को सांस्कृत प्रस्तुति रहयेको थियो थियो भने महिला उद्यमी समुहकी सभापति माया गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिब अम्बिका शर्माले र्गनु भएको थियो

प्रकाशित मिति २०७६ भदौ १२ गते बिहिबार ०८:००
प्रतिक्रिया दिनुहोस