बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.४ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.४ प्रतिशतले बढ्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ माघ ९ गते मङ्गलबार ०७:४५

इकोनोमिक खबर डट कम । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४÷७५ को पाँच महिनाको तथ्याङ्कमा आधारीत नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय...

इकोनोमिक खबर डट कम । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४÷७५ को पाँच महिनाको तथ्याङ्कमा आधारीत नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ५.७ प्रतिशतले बढेको हो ।
वार्षिक बिन्दुगत आधारमा २०७४ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.७ प्रतिशतले बढेको छ । २०७४ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३६.५ प्रतिशत र ४१.६ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ४२.९ प्रतिशत र ३१.८ प्रतिशत रहेको थियो । घढ। २०७४ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७.४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ५.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा यस्तो कर्जा १६.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १०.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०७४ मंसिर मसान्तमा १६.३ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९.६ प्रतिशतले बढेको थियो । राष्ट्र बैंक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.२ प्रतिशत, विकास बैंकहरुको १२.२ प्रतिशत र वित्त कम्पनीहरुको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४८.९ प्रतिशत (रु.३१ अर्ब ५८ करोड) ले बृद्धि भई ९६ अर्ब ११ करोड रूपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ४.७ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ४.३ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.१ प्रतिशतले बढेको छ ।
आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए तापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा÷निक्षेप तथा पूँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्पष्ट अडान र खुला बजार कारोबार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको छ । वित्तीय स्थायित्वको अंकुशकोे रुपमा रहेको कर्जा÷निक्षेप तथा पूँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप बृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ । केही सीमित बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको छ । आगामी दिनमा सरकारी खर्चमा हुने बृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने छ ।

प्रकाशित मिति २०७४ माघ ९ गते मङ्गलबार ०७:४५
प्रतिक्रिया दिनुहोस