अन्तराष्ट्रिय पर्वत समाजको पर्वतको हुवासमा हुने कार्यक्रमको तयारी तिव्र बिभिन्न समिति गठन

अन्तराष्ट्रिय पर्वत समाजको पर्वतको हुवासमा हुने कार्यक्रमको तयारी तिव्र बिभिन्न समिति गठन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असोज ८ गते बुधबार ०२:३८

अन्तराष्ट्रिय पर्वत समाजले आफ्नो पर्वतको हुवास हुने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारेको छ । संसारका विभिन्न देशमा रहेका पर्वत घर भएकाहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षमा २६...

अन्तराष्ट्रिय पर्वत समाजले आफ्नो पर्वतको हुवास हुने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारेको छ । संसारका विभिन्न देशमा रहेका पर्वत घर भएकाहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षमा २६ अगष्टमा सम्पन्न भएको बैठकले नेपालमा गर्ने विभिन्न कार्यक्रमहरुलाई भव्यरुपमा सम्पन्न गर्नको लागि अन्तरास्ट्रिय पर्बत समाज सयोजक मुना भुषालको नेतृत्वमा व्यवस्थापन समिति गठन गरेको हो ।

उक्त समितीमा सदस्यमा सविन्द्र श्रेष्ठ कतार, कमल लामिछाने, विकास लामिछान, नारायण पौडेल, राजु भुर्तेल युएई, दिपक न्यौपाने बेल्जियम, छविलाल तिवारी, बिमलराज छेत्री ,साजन परियार, बिष्णु सापकोटा गौतम,जानकी प्रधान , सुवेदारपुर्ण बहादुर छेत्री , रामप्रसाद भुसाल, मिना बस्याल जिबलाल बस्याल, कमला श्रेष्ठ ,नुमाखर बस्याल,नरभुपाल काफ्ले रहेको धौलागिरी अनलाइनलाई खबर प्राप्त भएको छ ।

त्यस्तै संस्थाले कार्यक्रम ब्यवस्थित रुपमा सम्पन्न गर्नका लागि उपसमिति समेत गठन गरेको छ । कार्यक्रम स्थल ब्याबस्थापन उपसमितिमा  सबिन्द्र श्रेस्ठ कतार , खाना तथा आवास ब्यबस्थापन उपसमितिमा राजु भुर्तेल युएइ, स्वागत व्यवस्थापन उपसमितिमा दिपक न्यौपाने बेल्जियम, यातायात ब्यवस्थापन समितिमा प्रेम प्रसाद सापकोटा ,आर्थिक संकलन समितिको संयोजकमा विनोद पुरी र सदस्य किरन पुन, बेल्जियम , ब्याज , खादा , प्रमाणपत्र सामाग्रीका लागि उपसमितिको संयोजक परशुराम पौडेल, सदस्यमा कमल लामिछाने, तिलक सापकोटा , प्रचारप्रसार उपसमितिको संयोजक गुणराज शर्मा सदस्यमा सुजन जोशी , सागर सुवेदी , मनि भुर्तेल , सुसन परियार रहेका छन ।

नेपालमा प्रचार प्रसारका लागि नेपाल पत्रकार महासंघ पर्बत शाखा सग समन्वय गरि एक समिती बनाउन ब्यवस्थापन समितीका संयोजक मुना भुसाललाई जिम्मा दिईएको महासचिव गुणराज शर्माले बताउनु भयो ।

प्रकाशित मिति २०७६ असोज ८ गते बुधबार ०२:३८
प्रतिक्रिया दिनुहोस