अन्तराष्ट्रिय पर्वत समाजले दशैको अबसर मा पहिरो पिडित लाई नयाँ आवस हस्तान्तरण गरेको छ। शनिवार जलजला गाउँपालिका वडा न ८ लस्तीमा एक कार्यक्रम गरि नयाँ घर हस्तान्तरण गरेको हो ।

प्रवासीहरुको सहयोगमा सम्पन्न घर जलजला गाँउपालिका का अध्यक्ष याम बहादुर मल्ल रामकृष्ण मल्ल ,उपाध्यक्ष सिमा र्गबुजा , अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी ,समाजका उपाध्यक्ष ,महासचिब गुण राज र्शमा ,लगायतले तीन वटा घर पिडितलाई हस्तान्तरण गर्नु भएको हो ।

२०७५ साउन १ गतेको बाढी, पहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो । घर पुननिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पिडितहरुले खुसी व्यक्त गरेका छन् ।

केही पिडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए । वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो ।

समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवा लगायत निर्माण सामग्री खरिद गर्न समाजले सहयोग गरेको हो । नौ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएकोमा १४ लाख १९ हजार ४३५ रुपैयाँ खर्च भएको वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।समाजले प्रतिपरिवार थप एक एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरो पिडित वुद्धी परियारले बताउनुभयो । दुई कोठे भवन र शौचालय सहितको घर बनाइएको हो ।कार्य क्रमा विश्वका विभिन्न देशमा पुगेका पर्वतबासीहरुबाट सहयोग जुटाएर पहिरो पिडितको घर पुननिर्माणमा सहयोग गरेको समाजका अध्यक्ष गिरीले बताउनुभयो ।घर हस्तान्तरण कार्यक्रममा जलजला गाउँपालिका का अध्यक्ष यामबहादुर मल्ल उपाध्यक्ष सिमा र्गवुजा , वडा नं ४ का वाडा अध्यक्ष भिष्म मल्ल , वडा अध्यक्ष टुङ्गनाथ शर्माले विपद् व्यवस्थापन र सामाजिक क्षेत्रमा प्रवासीहरुसँगको साझेदारी निरन्तरता दिन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जलाजला गाउँपालिकाका उपाध्याक्ष सिमा गर्वुजा,अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक सुभाष जोशी, अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष एवम् पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, समाजका उपाध्याक्ष परशुराम पौडेल, जलजला गाउँपालिका–७ धाईरिङका वडा अध्यक्ष टुंकनाथ शर्मा, नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रवहादुर जिसी, साविक नाग्लीवाङ गाविसका पूर्व उपाध्याक्ष हरेमवहादुर खत्री, अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुण राज र्शमा ,सचिब मणि भुर्तेल, सहकोषाध्याक्ष विनोद पुरी, पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोका, पर्वत समाज यूएईका अध्यक्ष सरोज जिसी, पर्वत समाज बराईनका अध्यक्ष राम शर्मा, पर्वत समाज कतारका महासचिव शेषराज तिमिल्सीना, पर्वत समाज बेील्जयमका सल्लाहकार भीम जोशी लगायतले मन्तव्य राख्नुभएको थियो ।
जलजला गाउँपालिका अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्ल र कार्यक्रमको संचालन जलजला गाउँपालिका–८ नाग्लिवाङका वडाअध्यक्ष विकास जिसीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७६ असोज १८ गते शनिवार ०३:३८