पर्वतको लुंखु हुवास सडक कालोपत्रे शुरु

पर्वतको लुंखु हुवास सडक कालोपत्रे शुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ कार्तिक २० गते बुधबार ०४:५४

\ पर्वतको हुवास–लुंखू सडक कालोपत्रे हुने भएको छ । उक्त योजनाको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबार शिलान्याश र्गनु भएको हो ।।पर्वतको मध्यक्षेत्रको लागि लाइफलाइन मानिएको उक्त सडक सञ्जाल सुधार आयोजनाको काम...

\

पर्वतको हुवास–लुंखू सडक कालोपत्रे हुने भएको छ । उक्त योजनाको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुधबार शिलान्याश र्गनु भएको हो ।।पर्वतको मध्यक्षेत्रको लागि लाइफलाइन मानिएको उक्त सडक सञ्जाल सुधार आयोजनाको काम विहिबादेखि सञ्चालन हुने बताइएको छ । लुंखु–हुवास सडक १४ दशमलब ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सढक दुई वर्ष भित्रमा सम्पन्न हुने भएको छ । २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ ।

सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले पाएको छ ।यो सडक कालोपत्रे भएपछि पर्वतको सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । विगतमा कालापानी भनेर चिनिने जिल्लाको पैंयु र विहादी गाउँपालिका सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछकुश्मादेखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भइसकेको छ । साथै लमायखोलादेखि लुंखुसम्मको १३ किलो मिटर सडक कालोपत्रे गर्ने काम भइरहेको तथा लुंखु–देउरालीदेखि हुवास सडक खण्डमा पनि कालोपत्रे हुने भएपछि कुश्मादेखि दक्षिण पर्वतको हुवासलाई कालोपत्रे सडकले जोड्ने छ ।

शिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न वर्तमान सरकारले छोटो समयमै दुरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुवात भएका ठुला योजनाहरुलाई सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकास बिना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदिबहिनीका अध्यक्ष कल्पना चापागाईले सरकारले हरेक नागरिकलाई आधारभूति आवश्यकता परिपुर्ति गर्नेगरी राज्यले काम गरेको बताउनुभयो ।यो सडक कालोपत्रे हुने भनेको पर्वत जिल्लाको लागि खुसिको कुरा भएको बताउदै समयमानै काम सम्पन्न र्गन आग्रह र्गनु भएको छ।

 

हाशिला गाउँपालिकाको आयोजनामा आयोजित उक्त शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन तथा बनमन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख यम कुमारी राना, पूर्वसांसद कल्पना चापागाईँ, नेकपाका नेताद्धय जयनारायण तिवारी र मित्रलाल वस्याल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुन्दर भुसाल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, पैँयूगाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जशमति गुरुङ, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल लगायतले मन्तब्य ब्यक्त र्गनु भएको थियो।

महाशिला गाउँपालिका का अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महाशिला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तथा महाशिला गाउँ पालिकाका प्रवक्ता जिवन बिक्रम उचै ठकुरीको स्वागत र महाशिला गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान वहादुर जिसिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति २०७६ कार्तिक २० गते बुधबार ०४:५४
प्रतिक्रिया दिनुहोस