पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा निर्मित लिप्ट प्रबिधिको खानेपानि आयोजना आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ ।सोमवार बगरफाँटमा एक कार्यक्रम गरि बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ। गाउँपालिका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी सुबेदी को उपस्थितीमा मिटर बितरण सुरु गरिएको हो बगरफाटमा आयोजीत कार्यक्रममा बगरफाँट वारीबेनी लामाखेतका ९ सय ७४ घरधुरीलाई माघ महिनाभित्र खानेपानि उपलब्ध गराउने पर्वत वेनी खानेपानि तथा सरफाई र उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ।
रेग्मीले आयोजनाको सम्मृर्ण परिक्षण सकिएकाले धमाधमा मिटर बितरण संगै खानेपानि नियमित आपूर्ती गर्नै बताउनु भयो कुल १२ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा सरकारको ७० र उपभोतmाको लगानिलाई सहज बनाउन समितिले नगर बिकास कोषबाट २ करोड ६२ लाख ऋण लिएको कोषाध्यक्ष दिलबहादुर बरुवालले बताउनुभयो ।बरुवालले खानेपानिलाई अनावश्यक दुरुपयोग नगर्न अनुरोध गर्दै महंगो प्रबिधि भएकाले मितव्ययी बन्न अनुरोध गर्नुयभो ।
आयोजनाको कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेन्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्म जडान गरिएको छ भने जुगेधाराको पानि १५० मिटर उचाइमा रहेको ट्याङकीमा विदुयतीय उपकरण प्रयोग गरिएको छ। पम्म, ट्रयाङकी भवन पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि ग्लोवल टेन्टरमार्फत चन्द्र एण्ड वसन्त एएम जेभिले १० करोड ३० लाखमा सम्पन्न गरेको थियो । उक्त आयोजना सम्पन्न भएपछि कालिगण्डकी नदी तथा आसपासमा पुराना पानीका पोखरीको पयोग गर्नै सर्वसाधारण लाभान्वित भएको पर्वत बेनीका दलबहादुरु जिसीले बताउनु भयो । पर्वतबेनीको अनोपानी आयोजना साविकको धौलागिरी अञ्चलकै ठुलो आयोजना हो।
प्रकाशित मिति २०७६ पुस २१ गते सोमबार ०३:२१