दर्शकहरुको उत्सहाजनक उपस्थितिमा संचालन भईरहेको १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आज पाचौँ दिनमा संचालना भइरहेको छ । पर्वतको जलजला गाउँपालिका स्थित वारी बेनीको जुकेधारा खेल मैदानमा भइरहेको महोत्सव हेर्नेहरुको चाप हरेक दिन बढ्दै गइरहेको महोत्सवको आयोजना गरेको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय लोकदोहोरी, सुगम संगित र हास्य क्षेत्रका कलाकाहरु ल्याइएका कारण गाउँगाउँबाट पनि महोत्सव हेर्न आउनेहरुको चाप बढीरहेको हो ।
महोत्सवमा आज लोक तथा दोहोरी गायक रामजी खाँडले सांगितिक प्रस्तुतीहरु राखिरहनु भएको छ । त्यस बाहेक रत्यौली, नृत्य, भलिबल लगायतका प्रतिस्पर्धाहरु पनि दैनिक रुपमा भइरहेका छन् । भलिबल खेल बिहानमा खेलाउने गरिएका कारण महोत्सवमा बिहानैदेखि खेलप्रेमी दर्शकहरु खचाखा भरीने गरेका छन् । रे
डियोको दशौं बार्षिकोत्सव तथा १ सय १० औँ अन्तरािष्ट्रय महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीको जुकेधारा खेल मैदानमा महोत्सवको आयोजना गरिएको हो । रेडियोको स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको रेडियोले विशेष गरी महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन गर्नुका साथै पर्वत र आसपासका क्षेत्रमा रहेका उत्पादन, कला र संस्कृतिको प्रचारप्रसार गर्दै आएको छ ।
प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार १२:३७