सवइन्जिनियर करार बिष्णुकुमार राई ५ हजार घुससहित पक्राउ

सवइन्जिनियर करार बिष्णुकुमार राई ५ हजार घुससहित पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ५ गते सोमबार १२:५९

भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत सवइन्जिनियर (करार) बिष्णुकुमार राई ५ हजार घुससहित पक्राउ परेका छन् । हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग...

भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत सवइन्जिनियर (करार) बिष्णुकुमार राई ५ हजार घुससहित पक्राउ परेका छन् ।

हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई घुस लिइसकेको अवस्थामा आमचोक गाउँपालिका वडा नं ७ स्थित हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार १२:५९
प्रतिक्रिया दिनुहोस