फास्ट ट्रयाकको टेन्डर प्रक्रियालाई पारदर्शी बनाउन सेनालाई निर्देशन

फास्ट ट्रयाकको टेन्डर प्रक्रियालाई पारदर्शी बनाउन सेनालाई निर्देशन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ५ गते सोमबार ०१:०४

प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ । सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रकृयामा पारदर्शीता अपनाउँदै आयोजना...

प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ । सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रकृयामा पारदर्शीता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडी बढाउन समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले मुआब्जा वितरण लगायत आयोजनामा देखिएको अन्य समस्याहरुका चाँडो समाधान गर्न पनि निर्देशन भएको बताइन्  । समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक तराई मधेश द्रुतमार्गको निर्माण कार्य २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधिन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्ययोजना समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताइन् ।

राष्ट्रिय गौरवको आयोजनामध्येको एक काठमाडौं—तराई/मधेश द्रूतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाएको छ । सोमबार समितिमा अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा सेनाले जानकारी गराएको छ ।

प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार ०१:०४
प्रतिक्रिया दिनुहोस