म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइने भएको छ ।
फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय जिल्ला प्रजातन्त्र दिवस समारोह समितिको आइतबार बेनीमा बसेको बैठकले निर्णय गरेको हो ।
दिवस मनाउन जिल्ला स्तरमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा मूल समिति गठन गर्नुका साथै स्थानीय तहहरुलाई पनि दिवस मनाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
तीनै दिन साझ सरकारी कार्यालयहरुमा दिपावली गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । फागुन ६ गते बिहान बेनी बजार सरसफाई र ७ गते बिहान प्रझातफेरी गरिने भएको छ ।
प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरेको छ । बैठकमा संबिधानसभा सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
वि.स २००७ साल फागुन ७ गते १०४ वर्षिय जहानीया राणा शाषण अन्त्य भई प्रजातन्त्री स्थापना भएको दिनको सम्झातामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आइएको छ ।
प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार ०२:५१