पर्वतमा राष्ट्रिय महिला भलिबलको रमाईलो, भोलीको फाईनलमा आर्मी र पुलिसको भिडन्त हुने

पर्वतमा राष्ट्रिय महिला भलिबलको रमाईलो, भोलीको फाईनलमा आर्मी र पुलिसको भिडन्त हुने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ८ गते बिहिबार ०३:११

मुना केसि दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ चौथो दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि खेल्ने भएका छन् । १३ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा...

मुना केसि

दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ चौथो दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि खेल्ने भएका छन् । १३ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपीएफ फाइनलमा पुगेका हुन् ।

एपीएफले होङग्वान्जी न्यु डायमण्डलाaई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । एपीएफले न्यु डायमण्डलाई २५–९, २५–१५ , २५–१८ ले पराजित गरेको हो ।

पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । पुलिसले आर्मीलाई २५–१९, २५–२३, २६–२४ ले हराउँदै एपीएफसँग भेट पक्का र्गयो । फाइनल खेल शुक्रबार हुनेछ । सेमिफाइनलमा पराजित आर्मी र न्यु डायमण्डले तेस्रो स्थानको लागि शुक्रबारै प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार नै लिगको अन्तिम खेलमा आयोजक रेडियो दिदीबहिनीद्वारा वाक ओभर पाउँदै नेपाल पुलिस समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेताले दुई लाख र दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ । तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति २०७६ फाल्गुण ८ गते बिहिबार ०३:११
प्रतिक्रिया दिनुहोस