लिफ्ट मार्फत सिँचाईको सुबिधा हुने भएपछि कृषक हर्षित हिउँदमा खेतवारी बाँझो नहुने नगर प्रमुख को भनाई

लिफ्ट मार्फत सिँचाईको सुबिधा हुने भएपछि कृषक हर्षित हिउँदमा खेतवारी बाँझो नहुने नगर प्रमुख को भनाई

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण १३ गते मङ्गलबार ०४:०५

  पर्वतको फलेवास नगरपालिकामा पानि को सुबिधा हुने भएपछि कृर्षक हर्षित भएका छन् ।३ वडामा लिफ्ट मार्फत सिँचाईको सुविधा बिस्तार गरिने भएको छ । फलेवासको खानीगाउँ, देविस्थान र मुडिकुवामा लमाएखोलाको पानी तानेर सिँचाईको प्रवन्ध गर्न...

 

पर्वतको फलेवास नगरपालिकामा पानि को सुबिधा हुने भएपछि कृर्षक हर्षित भएका छन् ।३ वडामा लिफ्ट मार्फत सिँचाईको सुविधा बिस्तार गरिने भएको छ । फलेवासको खानीगाउँ, देविस्थान र मुडिकुवामा लमाएखोलाको पानी तानेर सिँचाईको प्रवन्ध गर्न थालिएको हो ।

लमाएखोला स्थित बिसेको चापट देखि काईला पन्तीको बगरमा टंकि राखेर पानी तान्ने योजना स्वरुप लिफ्ट प्रविधिको सिँचाई आयोजनाको काम शुरु भएको हो । नगरप्रमुख पदमपाणी शर्माले आज उक्त आयोजनाको शिलन्यास गर्नुभएको छ ।

आयोजना शिलन्यास गर्दै नगरप्रमुख शर्माले फलेवास उर्वर भूमी भएर पनि सिँचाईको अभावले बाँझै पल्टिएको बताउँदै अव हिउँदमा खेतवारी बाँझो नहुने बताउनुभयो । राज्यले कृषिमा आधुनिकिकरण, प्रविधिकरण र व्यवसायिककरणको परिकल्पना गरेको बताउँदै शर्माले फलेवासको समृद्धि कृषिबाटै संभव रहेको दाबी गर्नुभयो ।

उहाँले बाह्य हस्तक्षेपकारी अवस्था बिस्तारै कम भईरहेको अवस्था सिर्जना भईरहेकोले कृषि क्रान्ति मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा लाग्नुपर्ने बताउनुभएको छ । कृषि मार्फत नगरको अर्थतन्त्र माथि उकासिने भएकोले आयातमा परनिर्भरताले प्रतिस्थापन गरी निर्यातको बातावरणलाई बढाउन नगरपालिका लागिपरेको जिकिर गर्नुभयो ।

किसानहरुलाई पर्ने आवश्यक सिँचाई, बजारीकरण, प्रशिक्षण लगायतका कुरामा सहयोग गर्न नगरपालिका तयार रहेको प्रमुख शर्माले बताउनुभयो । फलेवास धान व्लक सञ्चालक समितिको प्रस्तावमा कृषि ज्ञान केन्द्र पर्वत मार्फत कार्यान्वयन हुने गरि बजेटको व्यवस्था गरिएको छ । सिँचाई सुविधाका लागि एक करोड ३१ लाखको डिपिआर बनाएर काम शुरु भएको हो ।

प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने र अपुग रकम नगरपालिकाले व्यहोर्ने गरि काम शुरु गरिएको धान व्लक सञ्चालक समितिका अध्यक्ष वलराम भुसालले जानकारी दिनुभयो । वर्खामा फलेवास वहृत नहरकै पानी प्रर्याप्त भएपनि हिउँदमा भने कुलोमा पानी आउँदैन । हिउँदका लागि लिफ्ट मार्फत सिँचाई भएपछि किसानलाई राहात हुने भुसालले बताउनुभयो । यो आयोजनाले मुडिकुवा, खानीगाउँ र देबिस्थानका करिव ५ हजार जनसंख्या लाभन्वित हुने अनुमान गरिएको फलेवासका प्रवक्ता टिकाराम गौँडेलले बताउनुभयो ।

प्रकाशित मिति २०७६ फाल्गुण १३ गते मङ्गलबार ०४:०५
प्रतिक्रिया दिनुहोस