कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सिल गरियो

कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सिल गरियो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ जेठ १ गते बिहिबार ०४:२२

कञ्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार...

कञ्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ ।

वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार सिल गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

‘काठमाडौँ जान हिँडेकी महिला यहाँ बसेकी थिइन् । उनलाई संक्रमण भएपछि हामीले यो ठाउँ सिल गरेका हौँ,’ मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले भने ।

मेडिकल टिम धनगढी पुर्‍याउन आएको सशस्त्र प्रहरीकै भ्यानमा काठमाडौं फर्कने योजनाबमोजिम उनी अत्तरियामा रहेको सशस्त्र बाहिनी अगाडि बसेकी थिइन् ।

कञ्चनपुरको बेतकोटबाट अटो रिक्सामा अत्तरियासम्म पुगेकी उनी त्यहाँबाट सशस्त्र प्रहरीको भ्यानमा काठमाडौँ गएको विष्टले जानकारी दिए । उनी गोदावरी नगरपालिका १ अत्तरियाको सशस्त्र बाहिनी अगाडि करिब २/३ घण्टा बसेको गोदावरी नागरपालिकाकी उपप्रमुख रतना कठायतले जानकारी दिइन् ।

प्रकाशित मिति २०७७ जेठ १ गते बिहिबार ०४:२२
प्रतिक्रिया दिनुहोस