कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडक सुचारु

कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडक सुचारु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ६ गते शनिवार ०९:४३

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिवाट आएको पहिरोले अवरुद्ध बनेको पोखरा-बागलुङ सडक सुचारु भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पाङ जाने सडकवाट पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गतको पोखरा-बागलुङ...

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिवाट आएको पहिरोले अवरुद्ध बनेको पोखरा-बागलुङ सडक सुचारु भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पाङ जाने सडकवाट पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गतको पोखरा-बागलुङ सडकको पर्वत खण्ड अवरुद्ध भएको थियो ।
शनिवार विहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार केहि वेर अघि सडक सुचारु भएको हो । सडक दुईतर्फीनै सुचारु भएको उनले बताए ।
सुरक्षाकर्मी र एक्सावेटरले पहिरो पन्छाएर सुचारु गरिएको हो । सडक सुचारु भएपछि विहानैदेखि अलपत्र बनेका लामो तथा छोटो दुरीका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । अहिलेपनि यस क्षेत्रमा वर्षा निरन्तर भैरहेको छ । जसका कारण निर्माणाधिन मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ ।
उक्त पहिरोका कारण विद्युतको कुश्मा-बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको थियो । अहिले लाईनको मर्मत कार्य भैरहेको विद्युत प्राधिकरण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ असार ६ गते शनिवार ०९:४३
प्रतिक्रिया दिनुहोस