शनिबार थपिए कोरोनाका तीन सय ३१ संक्रमित

शनिबार थपिए कोरोनाका तीन सय ३१ संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ६ गते शनिवार ११:०१

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त...

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।‘४९ जना महिला र दुई सय ८२ जना पुरूष गरी तीन सय ३१ जना संक्रमित भेटिएका छन्,’ गौतमले भने।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेको उनले बताए।७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्।शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए।कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताए।

प्रकाशित मिति २०७७ असार ६ गते शनिवार ११:०१
प्रतिक्रिया दिनुहोस