७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरे कांग्रेसले फरक मत राख्ने

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरे कांग्रेसले फरक मत राख्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ७ गते आईतबार ०८:३१

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राख्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार छलफल हुँदैछ । सत्तारुढ...

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राख्ने भएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार छलफल हुँदैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो प्रस्तावमा समर्थन गरेको छ र समितिमा उसको बहुमत भएकाले सहजै निर्णय हुन सक्छ।

आइतबार बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको छ । ‘यदि बहुमतबाट निर्णय गर्न खोजियो भने हामी फरक मत राख्छौं’ बैठकमा सहभागी एक नेताले भने ।

प्रकाशित मिति २०७७ असार ७ गते आईतबार ०८:३१
प्रतिक्रिया दिनुहोस