बर्षातले भत्काएका आँगन र पहिरोले चर्काएका बस्तीहरुमा सांसद गिरी

बर्षातले भत्काएका आँगन र पहिरोले चर्काएका बस्तीहरुमा सांसद गिरी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार १६ गते मङ्गलबार ०३:२५

सांसद पद जिते पछि नेताहरु राजधानी बस्ने, भाषण गर्ने र शहरीया हुन्छन ।’ बर्षमा थोरै दिन मात्र जिल्लामा आउने, बजारमा घुम्ने, औपचारिक कार्यक्रममा सहभागी हुने फेरी राजधानी फकर्नेलाई जनताले सांसद भनेर चिन्छन् । पर्वतका लागि यो परिभाषा...

सांसद पद जिते पछि नेताहरु राजधानी बस्ने, भाषण गर्ने र शहरीया हुन्छन ।’ बर्षमा थोरै दिन मात्र जिल्लामा आउने, बजारमा घुम्ने, औपचारिक कार्यक्रममा सहभागी हुने फेरी राजधानी फकर्नेलाई जनताले सांसद भनेर चिन्छन् । पर्वतका लागि यो परिभाषा अहिले फेरिएको छ । पर्वतका लागि अचेल सांसद पद भनेको सुख र दुःखको पयार्थ बनेको छ ।

प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरी एकै महिनामा जिल्लामा हप्ता दिन विताउँछन् । राजधानी हुँदा संघीय सभामा जिल्ला र राष्ट्रिय राजनीतिमा गहन विषयमा सरकारको ध्यानकर्षण गराउने उनी जिल्लामा आउँदा पनि खाली बस्दैनन् । कुन वस्तीका जनताले दुःख पाए ? कुन वस्तीका स्थानीयमा हाँसो खुशी छ ? सरकार र जनप्रतिनिधिसंग जनताको गुनासो के छ ? यी र यस्ता प्रश्नको खोजीमा जिल्ला बसाईमा सांसद गिरीको दैनिक वित्ने गर्छ ।

सांसद गिरीलाई लाग्छ–‘जनताले दिएको मत जनताको सेवाको लागि हो ।’ जिल्लाको बसाईमा उनी कुनै न कुनै वस्तीमा पुग्छन् । सरकारी प्राविधिक बोलाउँछन् र जनताका समस्याहरु देखाउँछन् । बर्षातले अहिले जिल्लाबासी ठूलो जोखिममा छन् । दैनिक जसो भिषण बर्षात हुँदा कुन बस्तीमा कतिबेला मानिसको मृत्यु हुन्छ थाहा छैन् । बर्षातको शुरुवातमै कुश्मा ३ दुर्लुङमा ९ मानिसको मृत्यु भयो । दक्षिणी क्षेत्र विहादी, फलेवास र जलजलामा केहि घरहरु जोखिममा छन्, केहि घरहरु भत्केका छन् । सांसद गिरी भन्छन–‘ठूलो बर्षात हुँदा कतिपय वस्तीमा जनता मस्त सुत्न पाएका छैनन्, त्यो सम्झदा मलाई पनि निद्रा परेको छैन ।’

उज्यालो भएपछि कुन वस्तीबाट कस्तो अप्रिय खवर आउँछ भन्ने त्रास छ । मुख्य गरी उत्तरी क्षेत्र पहिरो र बाढिको जोखिममा छ । जलजलाको लस्ती खोलाले नजिकका बस्ती सधै जोखिममा पारेको छ । नाङलीवाङको लस्ती बजार सधै बाढिको जोखिममा छ । नजिकको वस्ती पहिरोको जोखिममा छ ।

जोखिममा नपरेको दुर्लुङमा पहिरो जाँदा पर्वतका सवै बस्ती जोखिममा देखिएका छन् । कालीगण्डकी नदी, पातिखोला र सेतीखोलाको तटिय क्षेत्रमा सधै जोखिमपूर्ण छ ।
केहि बर्ष अघि मात्रै लस्ती खोलाको बाढिले स्थानीय बस्तीमा क्षति पुराएको थियो । ‘सांसदसंग श्रोत र साधन हुँदैनन् । केहि सानो बजेटले सवै असिसिमत आवश्यकता पुरा गर्न सकिदैन’ सांसद गिरी भन्छन्–‘अन्य निकायलाई अनुरोध गरेर भएपनि जनताका समस्या समाधान गर्न म सधै प्रत्यन्तरत छु ।’

इन्जिनियर सहितको टोलीलाई लिएर लस्ती खोलामा पुगेका सांसद गिरीले दिर्घकालीन उपाय खोजेर खोलालाई नियन्त्रण गर्ने गरी योजना बनाउन प्राविधिकलाई अनुरोध गरे । कहिले सडक निर्माणको लागि प्राविधिक सहित गाउँ गाउँमा डुल्ने गरेका सांसद कहिले खानेपानीको समस्या समाधान गर्न पानीका मुहानहरुमा प्राविधिक लिएर पुग्ने गरेका छन् ।

बर्षातले भत्किएका घरका आगँन छेउमा पुगेका उनले जनताको दुःख देख्दा आफू पनि दुःखीत भएको बताए । एउटा जनप्रतिनिधिले सवै ब्यक्तिको घर घरको समस्या समाधान गर्न त सक्दैन् । तर दुःखमा परेको बेला जनताको घरमा पुगेर सान्तवना दिँदा पनि दुःखमा परेको मानिसलाई आफू एक्लो छु भन्ने आभाष हुँदैन । सांसद गिरी भन्छन्–‘सुरक्षित आवासको प्रवन्ध नहुँदा बर्षायाममा धेरै हाम्रा बस्तीहरु जोखिममा छन् ।’ उनले भने–‘म सवै दुःखमा परेका जनताको आँगनमा पुग्न चाहन्छु ।’

समस्यामा परेका पर्वतबासीलाई एक्लो भएको महसुश नगर्न आग्रह गर्दै विपत्ति र समस्यासंग जुधेर नै त्यसको समाधान गर्न पर्ने उनले सुझाब दिए । सम्बन्धित निकायहरुमा जनताका दुःख र गु्नासोहरु पुराउने जिम्मा आफ्नो रहेको गिरीको भनाई छ ।

जिल्लामा अहिले उच्च जोखिममा रहेका कपितय वस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ । प्राकृतिक विपद्को सहज समाधान गर्न सम्भव नभए पनि त्यसको रोकथाम र नियन्त्रण कार्यमा सरकारले गम्भिर भएर सहयोग गर्नुपर्ने गिरीको भनाई छ ।

प्रकाशित मिति २०७७ असार १६ गते मङ्गलबार ०३:२५
प्रतिक्रिया दिनुहोस