साउन– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङका पहिरो पीडितलाई ‘म्याग्दी युवा आवाज’ ले सहयोग गरेको छ । युवाहरुको समुह ‘म्याग्दी युवा आवाज’ले अभियान्ता खेम केसीमार्फत पहिरो पीडित १५ परिवारलाई सहयोग गरेको हो ।
पहिरो गएको क्षेत्रमा स्थलगत अवलोकनका लागि पुगेका अभियान्ताहरुले पीडितलाई प्रतिपरिवार १ थान त्रिपाल र १ बोरा चामल सहयोग गरेका हुन् । साथै, सवै परिवारलाई पुग्नेगरी ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष टुंगनाथ शर्माले बताए ।
म्याग्दीमा कार्यरत सहयोग संकलन अभियानका संयोजक खेम केसीले जन्म र कर्मथलोमा एकैपटक संकट आईलागेको भन्दै सहयोग अभियान चलाएको बताए ।
प्रकाशित मिति २०७७ साउन २४ गते शनिवार ११:२६