आन्तरिक राजश्व कार्यालय बागलुङका सबै कर्मचारी क्वारेन्टाइनमा

आन्तरिक राजश्व कार्यालय बागलुङका सबै कर्मचारी क्वारेन्टाइनमा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन ३२ गते आईतबार ०९:००

३२ साउन– कार्यालयका सबै कर्मचारी कोरोना संक्रमितको सम्पर्कमा रहेको पाईएपछि आन्तरिक राजश्व कार्यालय बागलुङका सबै सेवा बन्द भएका छन् । कार्यालयमा कार्यरत सबै कर्मचारीलाई क्वारेन्टाईनमा राखिएकाले एक साताका लागि अनलाईन प्रविधिबाट...

३२ साउन– कार्यालयका सबै कर्मचारी कोरोना संक्रमितको सम्पर्कमा रहेको पाईएपछि आन्तरिक राजश्व कार्यालय बागलुङका सबै सेवा बन्द भएका छन् । कार्यालयमा कार्यरत सबै कर्मचारीलाई क्वारेन्टाईनमा राखिएकाले एक साताका लागि अनलाईन प्रविधिबाट मात्रै काम गर्नेगरी कार्यालयका सेवा बन्द भएका हुन् ।


शनिबार बागलुङ नगरपालिका–१० स्थायी घर भई बागलुङ नगरपालिका–२ मा व्यवसाय गरेर बस्ने ३८ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । आन्तरिक राजश्व कार्यालयका प्रायः कर्मचारीहरु ती महिलाले सञ्चालन गरेको होटलमा खाना–खाजा खाने गरेकाले उनीहरु सबैलाई परीक्षणको नजिता नआउने बेलासम्मका लागि होम क्वारेन्टाईनमा बस्न लगाईएको छ ।


‘अनलाईनबाट हुने सबै काम हामी गरिरहेका छौं, भौतिक उपस्थितीमा हुने काम एक साता रोकियो’ कार्यालय प्रमुख हेमराज सुवेदीले भने ‘ट्रेसिङमा सबै परेकाले सेवा बन्द गरेर क्वारेन्टाइन बस्नुपरेको हो ।

प्रकाशित मिति २०७७ साउन ३२ गते आईतबार ०९:००
प्रतिक्रिया दिनुहोस