जसले मुक्का हानेरै सार्क माछाले निल्न लागेको पत्नीलाई बचाए

जसले मुक्का हानेरै सार्क माछाले निल्न लागेको पत्नीलाई बचाए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १ गते सोमबार ०५:४७

अस्ट्रेलियामा एक व्यक्ति सार्क माछाले सिकार बनाइसकेको आफ्नी श्रीमती बचाउन सफल भएका छन्। स्थानीय सञ्चारमाध्यका अनुसार न्यु साउथ वेल्समा पोर्ट मेकवोरीको सेलीबीचमा सर्फिङ गरिरहेका बेला ३५ वर्षीया सानटेल डायललाई सार्कले आक्रमण...

अस्ट्रेलियामा एक व्यक्ति सार्क माछाले सिकार बनाइसकेको आफ्नी श्रीमती बचाउन सफल भएका छन्।

स्थानीय सञ्चारमाध्यका अनुसार न्यु साउथ वेल्समा पोर्ट मेकवोरीको सेलीबीचमा सर्फिङ गरिरहेका बेला ३५ वर्षीया सानटेल

डायललाई सार्कले आक्रमण गरेको थियो। त्यसपछि उनका श्रीमान मार्क र्याम्पले आफ्नो सर्फ बोर्डबाट सार्कमाथि चढेर श्रीमतीलाई नछाडेसम्म मुक्का बर्सारहे।

त्यसपछि सार्कले उनकी पत्नीलाई निल्न सकेन र छाड्यो। त्यसपछि उनले पत्नीलाई एयर एम्बुलेन्समा हालेर अस्पताला पुर्याए। उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

पोर्ट मेकवोरी न्युजसँग कुरा गर्दै विशेषज्ञले त्यो सार्कको बच्चा भएको र त्यसको लम्बाइ ३ मिटर हुन सक्ने बताएका छन्।

सर्फ लाइफ सेभिङ एनएसडब्ल्युका प्रमुख स्टिवन पियर्टले सानटेलका श्रीमान् मार्क र्याम्पको प्रशंसा गरेका छन्।

स्टिवन पियर्सले सिड्नी मर्निङ हेराल्डसँग भनेका छन्, ‘यी प्रेमी आफ्नो बोर्डमार्फत सार्कमाथि बर्सिए र आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट छुटाएर नदी किनारासम्म ल्याउन सफल भए।’

एम्बुलेन्स एनएसडब्ल्यस्का इन्सपेक्टर एन्ड्रयु बेवर्लीका अनुसार पछिल्लो समय उक्त तटनजिकै भएको सार्कको यो तेस्रो हमला हो।

सानटेललाई न्युक्यासल अस्पताल लगेर शल्यक्रिया गरिएको छ। अहिले उनको अवस्था स्थिर छ। बीबीसी

प्रकाशित मिति २०७७ भदौ १ गते सोमबार ०५:४७
प्रतिक्रिया दिनुहोस