बारा र चितवनमा १३ राउण्ड गोली चल्यो

बारा र चितवनमा १३ राउण्ड गोली चल्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १ गते सोमबार ०९:५३

प्रहरीले बारा र चितवनमा हवाइ फायर गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका स्थानीयबीच माछा मार्ने विषयमा विवाद भएपछि झडप भएको थियो। स्थानीयको ढुंगामुढामा परी प्रहरी समेत घाइते...

प्रहरीले बारा र चितवनमा हवाइ फायर गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका स्थानीयबीच माछा मार्ने विषयमा विवाद भएपछि झडप भएको थियो।

स्थानीयको ढुंगामुढामा परी प्रहरी समेत घाइते भएकाले स्थिति नियन्त्रणमा लिन १३ राउण्ड हवाइ फायर र ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।

झडपका क्रममा चार जना प्रहरी र १० जना बढी सर्वसाधारणलाई चोटपटक लागेको छ। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

चितवनको पिप्लेमा पनि सोमबार प्रहरीले हवाइ फायर गरेको छ। मूर्ति किनबेचको विषयमा विवाद भएको र अत्यधिक मानिसको भीड भएका कारण हवाइ फायर गर्नुपरेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए।

प्रहरीले एक राउण्ड हवाइ फायर गरेपछि उनीहरु तितरबितर भएको भट्टराईको भनाइ छ।

प्रकाशित मिति २०७७ भदौ १ गते सोमबार ०९:५३
प्रतिक्रिया दिनुहोस