कास्की सेवा र धुलिखेल अस्पतालमा २ जनाको संक्रमितको मृत्यु

कास्की सेवा र धुलिखेल अस्पतालमा २ जनाको  संक्रमितको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०५:२४

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल...

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।

डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’

अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हुन सक्ने भएकाले थप जानकारीका लागि अस्पताल गइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको ज्यान गयो

कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०५:२४
प्रतिक्रिया दिनुहोस