प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी–पहिरोमा परेरकाहरुको उद्धार र राहतका लागि ३० जिल्लामा हरेक जिल्लाका लागि १ लाख ५० हजारका दरले ४५ लाख रुपैयाँ पठाएको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट पहिलो चरणका लागि ३० जिल्लाका कांग्रेस जिल्ला कार्यसमितिमा सो रकम पठाइएको मंगलबार एक विज्ञप्ति प्रकाशित गरी कांगेसले जनाकारी दिएको छ।
कांग्रेसले पहिलोचरण अन्तर्गत लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बागलुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवाननपुर बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की रहेका छन्।
कांग्रेसले उद्धार रातहको जिल्लास्तरीय अभियानलाई बल पु¥याउनका लागि उक्त रकम उपलब्ध गराएको जनाएको छ।
प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०९:३४