जिल्ला प्रशासन कार्यालय पर्वतले भर्खरै निकाल्यो यस्तो विज्ञप्ती, अब के होला ?

जिल्ला प्रशासन कार्यालय पर्वतले भर्खरै निकाल्यो यस्तो विज्ञप्ती, अब के होला ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०९:५५

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्वत पनि अछुतो छैन । सरकारले लकडाउन खोलेसँगै जिल्लामा चहलपहल बढेको छ । नेपालीहरुको महान चाडहरु क्रमिक रुपमा आउने क्रम जारी छ । बुधवार बुवाको मुख हेर्ने दिन त्यसको भोलिपल्ट अर्थात्...

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्वत पनि अछुतो छैन । सरकारले लकडाउन खोलेसँगै जिल्लामा चहलपहल बढेको छ । नेपालीहरुको महान चाडहरु क्रमिक रुपमा आउने क्रम जारी छ ।

बुधवार बुवाको मुख हेर्ने दिन त्यसको भोलिपल्ट अर्थात् विहिबार ४ गते दर खाने र ५ गते हरितालिका तीज छ । यो बेलामा बढी भीडभाड हुने र बजारमा चहलपहल बढ्नुको साथै दिदीबहिनी दाजुभाइको चहलपहल बढी हुने भएका कारण कोरोनाको जाखिम पनि बढी हुन्छ । त्यसैले जिप्रका पर्वतले चाडपर्वको बेलामा बढि भीडभाड नगर्न र आफ्नै घरमा चाडपर्व आफूभित्रै मनाउनको लागि विज्ञप्ती निकालेको हो ।

कोरोनाबाट बच्न र बचाउनको लागि सबै पर्वतबासी एक हुनपर्नेै भन्दै संक्रमण फैलिन नदिनको लागि सामाजिक दुरी कायम गरी शुरक्षाका मापदण्ड कायम गर्न आग्रह गरेको हो ।

 

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०९:५५
प्रतिक्रिया दिनुहोस